अङ्कारा– टर्कीका प्रहरीले लागूऔषध कारोबारी विरुद्धको व्यापक कारबाहीमा तीन सय ६६ संदिग्धलाई पक्राउ गरेको गृहमन्त्री अली येर्लिकायाले शुक्रबार बताएका छन् ।
‘नार्कोसेलिक–१६’ भनिने अपरेसनहरू २० प्रान्तमा लागूऔषध उत्पादक र डिलरहरू विरुद्ध सञ्चालन गरिएको येर्लिकायाले सामाजिक सञ्जाल एक्समार्फत जानकारी दिए।
उक्त अपरेसनमा कूल दुई सय ३० टोली र नौ सय ८० जना जेन्डरमेरी कर्मचारीको सहभागी भएको र सात सय केजी लागूऔषध तथा १३ हजार लागूऔषध चक्की बरामद गरिएको उनले बताए ।
अवैध लागूऔषध व्यापारीहरूले ट्रान्जिट हबका रूपमा प्रयोग गरेको टर्किले गत वर्षदेखि लागूऔषध तस्करीमा कडाइ गरेको छ ।
प्रतिक्रिया