स्पेनिस ला लिगा : अलाभेस र गिरोनाले खेले बराबरी « Khabarhub

स्पेनिस ला लिगा : अलाभेस र गिरोनाले खेले बराबरी


२९ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा डिपोर्टिभो अलाभेस र गिरोनाले बराबरी खेलेका छन् । गएराति भएको खेलमा दुवै टोलीले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।

अलाभेसका लागि जोन गुरिडीले दुई तथा गिरोनाका एरिक गार्सिया र याङ्गेल हेरेराले एक–एक गोल गरेका थिए ।

खेलको चौथो मिनेटमा गिरोनाका गार्सियाले टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । तर अलाभेसका गुरिडीले १२औँ मिनेटमा गोल फर्काउँदै खेललाई १–१ को बराबरीमा ल्याए ।

त्यसपछि ४४औँ मिनेटमा गोल गर्दै हेरेराले गिरोनालाई २–१ गोलको अग्रता दिलाए । तर दोस्रो हाफको इन्जुरी समयको नवौँ मिनेटमा अलाभेसका गुरिडीले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई हारबाट जोगाउँदै २–२ गोलको बराबरी गरे ।

यो बराबरीसँगै गिरोना ३५ खेलबाट ७५ अंकसहित दोस्रो स्थानमा यथावत छ भने अलाभेस ४२ अंकका साथ ११औँ स्थानमा छ ।

पहिलो स्थानमा रहेको रियल मड्रिड ३४ खेलबाट ८७ अंकसहित शीर्षस्थानमा छ ।

प्रकाशित मिति : २९ बैशाख २०८१, शनिबार  ७ : ११ बजे

देशका अधिकांश सहरी क्षेत्रमा वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले

बालसुधार गृह सञ्चालन गर्न आर्थिक समस्यामा

बागमती– क्षमताभन्दा बढी बाल कैदीबन्दी भएपछि मकवानपुरको हेटौँडास्थित बालसुधार गृहमा

मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ

मुस्ताङ– यहाँको प्रदेश अस्पताल जोमसोममा पछिल्ला चार आर्थिक वर्षमा १८८

कांग्रेस देउवा पक्षको बैठक धुम्बाराहीमा

काठमाडौं– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहको बैठक सुरु भएको छ

इन्डोनेसियामा रेल दुर्घटना, १४ जनाको मृत्यु ८४ घाइते

एजेन्सी– इन्डोनेसियाको पश्चिमी जाभाको बेकासीमा दुई वटा रेलहरू एक आपसमा