दुर्लभ मानिएको लिंगको क्यान्सर विश्वभर बढ्यो, १० वर्षमा चार हजारको मृत्यु « Khabarhub

दुर्लभ मानिएको लिंगको क्यान्सर विश्वभर बढ्यो, १० वर्षमा चार हजारको मृत्यु


२९ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्वभर समस्याको रुपमा देखिएको क्यान्सरको असर पुरुषको लिंगमा पनि बढ्दै गएको पाइएको छ। ब्राजिलमा भएको एक अध्ययनले विश्वभर पुरुष लिंगको क्यान्सरका बिरामी बढ्दै गएको देखाएको हो।

लिंगको क्यान्सरका बिरामी बढ्दै जाँदा मृत्युको ग्राफसमेत बढेको अध्ययनमा उल्लेख गरिएको छ। ब्राजिलको स्वास्थ्य मन्त्रालयले गरेको एक अध्ययनले यस्तो निष्कर्ष सार्वजनिक गरेको हो।

लिङ्गमा हुने क्यान्सर दुर्लभ भए पनि यसका बिरामी र मृत्यु दर बढ्दै गएको हो। ब्राजिलमा मात्रै एक लाख व्यक्ति मध्ये २ दशमलव १ प्रतिशतमा लिङ्गमा हुने क्यान्सर भएको नयाँ अध्ययनले देखाएको छ।

ब्राजिलको स्वास्थ्य मन्त्रालयका अनुसार सन् २०१२ बाट २०२२ सम्ममा २१ हजारमा लिंगको क्यान्सर पुष्टि भएको छ। जसमध्ये चार हजारभन्दा धेरैको मृत्यु भइसकेको छ।

यसबाट बच्न लिंगको सफाइमा विशेष ध्यान दिनुपर्ने चिकित्सकको सुझाव छ । -बिबिसीबाट

प्रकाशित मिति : २९ बैशाख २०८१, शनिबार  ८ : १२ बजे

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

काठमाडौं – शरद ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको

संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

काठमाडौं – संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी