व्यासका एक सय किसानलाई पशुपालन तालिम « Khabarhub

व्यासका एक सय किसानलाई पशुपालन तालिम


२९ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

तनहुँ– तनहुँको व्यास नगरपालिका कार्यालयले नगर क्षेत्रका एक सय अगुवा कृषकलाई कृषि र पशुपालन तालिम प्रदान गरेको छ ।

गोवर्धन शर्मा स्मृति कोषको आयोजनामा शुक्रबारदेखि सुरु भएको दुईदिने तालिममा व्यास नगरपालिकाको वडा नम्बर ५, ७, ९, १० र ११ वडाका अगुवा कृषक सहभागी छन् ।

तालिममा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँका प्रमुख डा. राजेशकुमार चौधरी, व्यास नगरपालिका कृषि तथा पशुपन्छी विभाग प्रमुख डा. मनोज विश्वकर्मा र पशु चिकित्सक डा. सञ्जय श्रेष्ठले तालिम दिएका थिए ।

उनीहरुले बाख्रा, गाईभैँसी, पशु चौपायालगायत पशुपालनको बारेमा ख्याल गर्नुपर्ने पक्ष र अनुदानको बारेमा जानकारी गराएका थिए ।

यस्तै, व्यास नगरपालिका कृषि शाखा प्रमुख प्रतिभा बगाले, कृषि ज्ञान केन्द्र तनहुँका बाली संरक्षण अधिकृत किरण परियारले कृषि बालीमा ख्याल गर्नुपर्ने पक्ष, शत्रुजीव र मित्रुजीवको पहिचान र वन क्षेत्रको विकास र संरक्षणको बारेमा नारायण कोइरालाले सहजीकरण गरेको स्मृति कोषले जनाएको छ । पचास–पचास जनाको समूह बनाएर तालिम दिइएको हो ।

व्यास नगरपालिका क्षेत्रका अगुवा कृषकलाई सङ्गठित गरी आफूहरुले सीप हस्तान्तरण गर्न तालिम दिएको व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिए ।

व्यास नगरपालिका क्षेत्रलाई कृषि र पशुपालनमा आत्मनिर्भर बनाउन आफूहरु जुटेकोसमेत नगरप्रमुख न्यौपानेले बताए ।

करिब १८ वर्षदेखि कोषले प्राङ्गारिक खेती प्रवर्द्धनको लागि विभिन्न कृषक समूह र सहकारीलाई तालिम दिँदै आएको कोषका महासचिव रामचन्द्र पोखरेलले बताए ।

प्रकाशित मिति : २९ बैशाख २०८१, शनिबार  ९ : २३ बजे

बाढीले उजाडियो पर्वतको फर्से बजार

गण्डकी – कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ फर्सेको

गाडी रिजर्भ गरेर बाढी हेर्न जानेको भीड (तस्बिरहरु)

काठमाडौं – कालीगण्डकी नदीमा आएको बाढी हेर्नका लागि बागलुङ बजारबाट

म्याग्दी पहिरो अपडेट : मृतकको संख्या छ पुग्यो, तीन जना बेपत्ता

म्याग्दी – म्याग्दीमा पहिरोबाट ज्यान गुमाउनेको संख्या छ जना पुगेको

काठमाडौं हिँडेका सवारीसाधन कुरिनटारमा रोकिए (तस्बिरहरू)

चितवन – अविरल वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४

मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह

लमजुङ – मनाङको चामे गाउँपालिका–४ स्थित घट्टेखोलामा पहिरो झरिरहेको र