राष्ट्रपतिलाई नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने कांग्रेसको तयारी « Khabarhub

राष्ट्रपतिलाई नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने कांग्रेसको तयारी


२९ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


246
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस आगामी जेठ १ गते बस्ने प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने तयारीमा जुटेको छ ।

यसका लागि विभिन्न तहमा छलफल भइरहेको कांग्रेस संसदहरुको भनाइ छ । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी मंगलबार संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

संघीय संसद् सचिवालयका अनुसार जेठ १ गते मंगलबार दिउँसो ३ बजे राष्ट्रपति पौडेलले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने जानकारीसहित संसद्का सदस्यको उपस्थिति आह्वान गरिएको छ ।

यो बेला कांग्रेसले सदन अवरोध नगर्ने तयारीका विषयमा छलफल चलिरहेको छ । १ गतेभन्दा अगाडि नै सहमति गरेर कांग्रेसले नीति तथा कार्यक्रम प्रस्तुत हुन दिने तयारीमा सबै दलहरू जुटेका छन् । यसबारे कांग्रेस प्रमुख सचेतक रमेश लेखकले भने, ‘हामी छलफलमा छौँ । सल्लाह गर्छौ ।’

यता एमाले प्रमुख सचेतक महेश बर्तौला पनि कांग्रेस जस्तो लोकतान्त्रिक पार्टीले नीति तथा कार्यक्रम नै रोक्न नहुने तर्क गर्छन् । उनले भने, ‘मिलेर जान्छ ।’

कांग्रेसले नीति तथा कार्यक्रम नै प्रस्तुत गर्न नदिने गरी अडान कायम राखेमा नयाँ खालको राजनीतिक घटनाक्रम विकास हुने सत्ता पक्षका नेताहरू बताउँछन् ।

अहिले देउवा निवास बूढानीलकण्ठमा यसबारे छलफल गर्न पदाधिकारी बैठक बसिरहेको छ ।

प्रकाशित मिति : २९ बैशाख २०८१, शनिबार  ११ : ४४ बजे

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार