महानगरले अवरोध गरेको भन्दै कवाड व्यवसायीले प्रधानमन्त्री गुहारे « Khabarhub

महानगरले अवरोध गरेको भन्दै कवाड व्यवसायीले प्रधानमन्त्री गुहारे


२९ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कवाड व्यवसायीहरूले प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष आफूहरूको व्यवसायमा काठमाडौं महानगरपालिकाले अवरोध गरेको भन्दै ध्यानाकर्षण गराएका छन् ।

शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कवाड व्यवसायी समाज नेपालका अध्यक्ष रामकेवल गुप्ताको नेतृत्वमा पुगेका व्यवसायीहरूले काठमाडौं महानगरपालिकाभित्र दर्ता भई आफ्नो पेशा तथा व्यवसाय गर्दै आएका कवाड व्यवसायीहरूलाई विस्थापित गराउनेगरी महानगरभित्रका वडा कार्यालयहरूबाट परिपत्र जारी गरिएकोमा आपत्ति जनाएका हुन् ।

महानगरले आफूहरूको व्यवसायिक फर्मको दर्ता नवीकरणसमेत नगरिदिएको उनीहरूको गुनासो थियो । उनीहरूले आफूहरूले प्रचलित कानूनबमोजिम दर्ता भएर सरकारलाई कर तिर्दै आएको कुरा पनि प्रधानमन्त्री दाहाललाई अवगत गराएका थिए ।

सम्मानित अदालतबाट कवाडी व्यवसायीका घर तथा टहराको संरचनालाई क्षति पुग्ने वा भत्काउने कार्य नगर्नु नगराउनु भनी उच्च अदालतबाट काठमाडौं महानगरपालिकाको नाममा आदेशसमेत जारी भएको कुरा उनीहरूले प्रधानमन्त्री दाहाललाई स्मरण गराएका थिए ।

सो क्रममा प्रधानमन्त्री दाहालले कवाड व्यवसायीहरूको व्यवसायको सुरक्षाको प्रत्याभूति गराउनका लागि सरकारले आवश्यक कदम चाल्ने विश्वास दिलाएका थिए । अदालतको आदेशविपरीत कोही पनि जान नमिल्ने प्रधानमन्त्री दाहालको भनाई थियो ।

प्रकाशित मिति : २९ बैशाख २०८१, शनिबार  १२ : २० बजे

‘अर्काको सुन लगायो, आफ्नो कानलाई दुख’

काठमाडौं – अमेरिकामा धेरै कलाकार गए– आए । कलाकार बनेर

‘व्यावसायिक वातावरण निर्माणमा सरकार प्रतिबद्ध छ’

काठमाडौं– उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले मुलुकमा

नेपालगञ्जमा सार्वजनिक नीति साझेदारी ऐन पारित

नेपालगञ्ज– नेपालगञ्ज उपमहानगरपालिकाले संशोधनसहित आर्थिक ऐन, २०८२ र सार्वजनिक नीति साझेदारी

बुद्ध हिमाल हिमालचुली ग्रेट लेक्स सर्किटको नयाँ पदमार्गको विकास

काठमाडौं– गोरखा र लमजुङका पाँच स्थानीय तहलाई समेटेर बुद्ध हिमाल

मौन पीडामा रहेकी कालिमायाको याचना …

दमौली– यहाँस्थित व्यास नगरपालिका–८ बर्लाचीको एक घरको आँगनमा डोरीमा बाँधिएर जीवन