बजेट अभावले सुदूरपश्चिमका ठूला योजना प्रभावित « Khabarhub

बजेट अभावले सुदूरपश्चिमका ठूला योजना प्रभावित


२९ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर– कञ्चनपुरको महाकाली नदीमा निर्माणाधीन पक्की पुल र पहुँचमार्गको काम ९५ प्रतिशत सकिएको छ । 

पुलसँगै पोखरी निर्माणअन्तर्गत तटबन्ध बनाउन महाकाली पुल योजना कार्यालयले ‘भेरिएसन अर्डर’ फाइल सडक विभागमा पेस गरेको छ ।  ‘साइट’मा निर्माण व्यवसायीले काम गरिरहे पनि काम गरेबापत योजना कार्यालयले भुक्तानी दिन सकेको छैन । 

तीन अर्ब ६६ करोडभन्दा बढी लगानीमा निर्माणको अन्तिम चरणमा पुगेको महाकाली पक्की पुल सुदूरपश्चिम प्रदेशको ठूलो योजना हो । तर पछिल्लो समय ‘भेरिएसन अर्डर’ मन्त्री परिषद्को निर्णयले टुङ्गो नलगाउँदा योजना निर्माण अवधि धकेलिँदै गएको छ । 

महाकाली पुल योजना कार्यालयका सूचना अधिकारी कपिलप्रसाद पन्तले चालु आर्थिक वर्षमा पुल निर्माणका लागि ३५ करोड रकम प्राप्त भइ खर्च समेत भइसकेको जानकारी दिए। 

उता पुल निर्माण कम्पनी कुमार श्रेष्ठ सिएफइसी जेभीका इन्जिनियर किशोरराज पाण्डेले पुल निर्माणको काम भिओलगायतका अल्झनले ढिलाइ भएको बताए। ‘यसअघि काम गरेको रकम पाइए पनि अहिलेको कामको रकम पाउन गाह्रो छ’, उनले भने, ‘पुल निर्माणको समयावधि लम्बिँदै जानुमा हाम्रो दोष छैन ।’ 

त्यसैगरी महाकाली पुलसितै जोडेर कञ्चनपुरलाई नेपाल- भारत र चीनको त्रिदेशीय नाका बनाउने भनिएको महाकाली करिडोर योजनामा पनि रकम अभावमा प्रभावित भएको छ । कञ्चनपुरदेखि दार्चुलाको उत्तरी नाका  तिंकरसम्म जोड्ने योजनाअनुरुप काम सुरु भएको महाकाली करिडोर योजनामा गत फागुनदेखि बजेट अभाव छ ।

‘चैतको अन्तिमतिर रु पाँच करोड आएको थियो’, महाकाली करिडोर दार्चुला तिंकर सडक योजना कार्यालयका प्रमुख लक्ष्मणदत्त जोशीले भने, ‘ १५-१६ करोड काम गरेकै भुक्तानी दिन बाँकी छ ।’ उनले चालु आर्थिक वर्षको अन्तिमसम्म काम गर्न आयोजनालाई २० देखि २५ करोड रकम आवश्यक पर्ने बताए । रकमका लागि माथिल्लो निकायमा माग गरिए पनि प्राप्त नभएको जोशीको भनाइ छ । कञ्चनपुरदेखि दार्चुलाको तिङ्करसम्म जोड्ने करिडोरअन्तर्गत हाल साना ठूला गरी २० वटा ठेक्कामार्फत कामको बाँडफाँड गरिएको छ । 

चालु आर्थिक वर्षमा ती योजनाका लागि विनियोजित २९ करोड ६५ लाख बजेट गत माघमै सकिएको थियो ।

‘गत वर्ष ४० करोड बजेट सकिने बित्तिकै माथिबाट बजेट थप भएको थियो’, उनले भने, ‘चालु आवमा बजेट कम थियो हामीले थप माग गर्दासमेत आएन ।’ तीन सय १३ किलोमिटर लम्बाइ रहेको महाकाली करिडोरअन्तर्गत दार्चुलाको तुसारपानीदेखि तिंकरसम्मको ७९ किलोमिटर खण्ड नेपाली सेनाले निर्माण गरिरहेको छ ।

त्यस्तै कञ्चनपुर र कैलालीमा निर्माणाधीन हुलाकी सडकमा गत फागुनयता बजेट अभाव हुँदा निर्माण ढिलाइ भएको छ । कैलालीमा छ र कञ्चनपुरमा दुई प्याकेज गरी आठ वटा प्याकेजमा हुलाकी सडक निर्माण भइरहेको छ । 

कैलालीमा लम्की-टीकापुरदेखि खक्रौला नाकासम्मको २९ किलोमिटर हुलाकी सडकमध्ये लम्कीदेखिको पहिलो आठ किलोमिटर सडकको काम गत वर्ष सकिएको थियो । बाँकी दुई वटा प्याकेजमा काम भइरहेको भएपनि बजेट अभावले गति सुस्त भएको हुलाकी राजमार्ग योजना कार्यालय धनगढीका सूचना अधिकारी इन्जिनियर बर्ख कडायतले जानकारी दिएका छन् ।

त्यसैगरी धनगढीको क्याम्पस रोडदेखि सत्तीसम्मको ६९ किलोमिटर खण्ड चार प्याकेजमा निर्माण भइरहेको छ । उक्त खण्डमा पर्ने कटनी खोलादेखि भजनीको कान्द्रा नदीसम्म १८ किलोमिटर डेढ वर्षअघि निर्माण भइसकेको छ । 

इन्जिनियर कडायतका अनुसार बजेट अभावमा पनि निर्माण कम्पनीले काम गरेको रु २० करोडभन्दा बढी रकम तिर्न बाँकी छ । 

प्रकाशित मिति : २९ बैशाख २०८१, शनिबार  १२ : ४४ बजे

‘सुनसरी गोलीकाण्डको नैतिक र राजनैतिक जिम्मेवारी लिएर गृहमन्त्रीले राजीनामा दिनुपर्छ’

काठमाडौं– जेन-जी आन्दोलनका नेता रवि किरण हमालले सुनसरीको देवानगञ्जमा आइतबार

डिजेको आवाज र धार्मिक झण्डाबाट देवानगञ्जमा तनाव, प्रजिअ भन्छन्- संवेदनशील क्षेत्रमा नहुनुपर्ने घटना भयो

काठमाडौं- सुनसरीको देवानगञ्ज गाउँपालिका-३ स्थित कप्तानगञ्ज (नयाँ हटिया क्षेत्र) मा

झापामा लगत सङ्कलनदेखि धनीपुर्जा वितरणसम्मका कार्य तीव्र

भद्रपुर– जिल्ला भूमि समस्या समाधान समिति र स्थानीय तहले सार्वजनिक र

जगेडा ग्यास नराख्न उद्योगीको आग्रह

चितवन– नेपाल एलपी ग्यास उद्योग सङ्घले उपभोक्तालाई आवश्यकताभन्दा बढी जगेडा नगर्न

न्याय माग्दै फेरि सडकमा सहकारी पीडित (तस्बिरहरू)

काठमाडौं– सहकारी पीडितहरूले आफूलाई न्याय दिनुपर्ने भन्दै काठमाडौंमा प्रदर्शन गरेका