संयुक्त राष्ट्रसङ्घद्वारा प्यालेस्टिनी सदस्यताको पक्षमा मतदान « Khabarhub

संयुक्त राष्ट्रसङ्घद्वारा प्यालेस्टिनी सदस्यताको पक्षमा मतदान


२९ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संयुक्त राष्ट्रसङ्घीय महासभाले शुक्रबार प्यालेस्टिनीहरूलाई विश्वव्यापी निकायमा थप अधिकार प्रदान गर्न भारी मतदान गरी पूर्ण सदस्यताका लागि उनीहरूको अभियानलाई समर्थन गरेको छ । उक्त अभियानलाई संयुक्त राज्य अमेरिकाले अवरुद्ध गरेको छ ।

राष्ट्रसङ्घका लागि इजरायली राजदूत गिलाड एर्डानले ठूलो मात्रामा प्रतीकात्मक मतदानप्रति रुस्ट  प्रतिक्रिया दिए । संयुक्त राष्ट्रका लागि प्यालेस्टिनी राजदूत रियाद मन्सुरले यो ऐतिहासिक प्रक्रिया भएको बताए । 

गाजामा युद्ध बढ्दा प्यालेस्टिनीहरूले अप्रिलमा सन् २०११ मा राष्ट्रसङ्घको पूर्ण सदस्य बन्न गरेको अनुरोध पुनः सुरु गरे । उनीहरूको हालको अवस्था ‘गैर-सदस्य पर्यवेक्षक राज्य’ छ । यस पहललाई सफल बनाउन संयुक्त राष्ट्र सुरक्षा परिषद्को हरियो बत्ती र महासभामा दुई तिहाइ बहुमतको आवश्यकता थियो ।

यद्यपि सुरक्षा परिषदमा भिटो प्राप्त पाँच सदस्यमध्ये एक र इजरायलको सबैभन्दा नजिकको सहयोगीका रूपमा रहेको अमेरिकाले अप्रिल १८ मा यसलाई अवरुद्ध गर्यो ।

शुक्रबारको मतदानअघि प्यालेस्टिनी राजदूत मन्सुरले यस मञ्चमा पहिले सयौँ पटक उभिएको बताउँदै यस्तो महत्त्वपूर्ण मतका लागि कहिल्यै नउभिएकाले यो अवसर ऐतिहासिक भएको बताए। 

प्रकाशित मिति : २९ बैशाख २०८१, शनिबार  ५ : ०६ बजे

बुद्ध हिमाल हिमालचुली ग्रेट लेक्स सर्किटको नयाँ पदमार्गको विकास

काठमाडौं– गोरखा र लमजुङका पाँच स्थानीय तहलाई समेटेर बुद्ध हिमाल

मौन पीडामा रहेकी कालिमायाको याचना …

दमौली– यहाँस्थित व्यास नगरपालिका–८ बर्लाचीको एक घरको आँगनमा डोरीमा बाँधिएर जीवन

दक्षिण अफ्रिकाको बारमा गोलीकाण्ड : ९ जनाको मृत्यु, १० घाइते

जोहान्सबर्ग– दक्षिण अफ्रिकाको जोहान्सबर्ग नजिकैको बेक्कर्सडालमा शनिबार बिहान अज्ञात हथियारधारीहरूले

चितवनमा नागरिकता त्याग्नेभन्दा गैरआवासीय नागरिकता लिने बढी

चितवन– नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या यहाँ

पनौतीमा ‘भृकुटी’को जन्मघर तथा उद्यान निर्माण गरिने

काभ्रे– काभ्रेको पनौतीमा राष्ट्रिय विभूति भृकुटीको जन्मघर र उद्यान निर्माण