प्रधानमन्त्रीले कांग्रेस नेताहरुसँग छलफल गर्दै | Khabarhub Khabarhub

प्रधानमन्त्रीले कांग्रेस नेताहरुसँग छलफल गर्दै


३० बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली कांग्रेसका नेताहरुसँग छलफल सुरु गरेका छन् ।

प्रमुख प्रतिपक्ष दल कांग्रेसले सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समितिको माग गर्दै संसद अवरुद्ध गर्दै आएको अवस्थामा प्रधानमन्त्रीले कांग्रेस नेताहरुसँग छलफल सुरु गरेका हुन् ।

संसदमा जारी अवरोध, कांग्रेसका माग, सरकारको नीति तथा कार्यक्रम पेस गर्नेलगायतका विषयमा कांग्रेस सभापति शेरबहादुर देउवालगायतका नेताहरुलाई बालुवाटारमा बोलाएर  प्रधानमन्त्रीले छलफल गरिरहेका छन् ।

नेपाली कांग्रेसले बजेट अधिवेशन सुरु भएको दिन शुक्रबारको संसद बैठक अवरुद्ध गरेको थियो ।

सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति बढाउनु पर्ने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको मागमा सत्ता पक्ष सहमत नहुँदा संसद चल्न सकेको छैन ।

जेठ १ गते आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी भइरहँदा छानबिन समिति गठनमा दुवै पक्ष आ–आफ्नो अडानमा अडिग रहेपछि प्रधानमन्त्रीले समस्याको समाधान खोज्ने प्रयास गरेका हुन् ।

प्रकाशित मिति : ३० बैशाख २०८१, आइतबार  ९ : २३ बजे

एमाले मोरङमा संस्थापनलाई धक्का, आधा मत गणना हुँदा विद्रोही पक्षको प्यानल नै अगाडि

मोरङ – नेकपा (एमाले) मोरङको दशौँ जिल्ला अधिवेशनका क्रममा बिहीबारदेखि

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची 

काठमाडौं– प्रतिनिधि सभाको बैठक आज बस्दै छ । आज अपराह्न

पर्यटक आकर्षित गर्दै तेह्रथुमको चाङलुङ गुफा

तेह्रथुम– छथर गाउँपालिका–६ सुदापमा रहेको चाङलुङ गुफामा पछिल्लो समय आन्तरिक

आयातमा कर बढाउने निर्णयबाट ‘ब्याक’ भए ट्रम्प

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिको र क्यानडाबाट आयात

देउरालीसम्म गाडी चलेपछि हट्यो दिनभर हिड्नुपर्ने बाध्यता

म्याग्दी – धवलागिरि गाउँपालिका–१ गुर्जाको जनकल्याण माविकी प्रअ न्याउली छन्त्याल