ठोक्किएको निहुँमा बत्तीसपुतलीमा युवकको हत्या, पक्राउ परेका सबै १६ वर्षमुनिका « Khabarhub

ठोक्किएको निहुँमा बत्तीसपुतलीमा युवकको हत्या, पक्राउ परेका सबै १६ वर्षमुनिका


३० बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


666
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौँ महानगरपालिका–९ बत्तिसपुतलीस्थित कुमारी टोलमा गए राति एकजना युवकको हत्या गरेको अभियोगमा पक्राउ परेका चारैजना १६ वर्षमुनिका रहेको खुलेको छ ।

गएराति दुई समूहबीच भएको झगडामा मोरङका २४ वर्षीय युवक शम्भु धिमालको हत्या भएको थियो ।

उक्त घटनामा संलग्न रहेको अभियोगमा पक्राउ परेका चारैजना नाबालिग रहेको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवम् प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए ।

‘गएराति दुई समूहबीच झगडा हुँदा एक युवकको मृत्यु भएको छ, घटनामा संलग्न चारजनालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गर्दा उनीहरू सबै नाबालिग रहेको खुल्न आएको छ’ , उनले भने, ‘उनीहरू सबै १६ वर्षमुनिका भएकाले नाम सार्वजनिक गरिएको छैन, घटनाको अहिले पनि अनुसन्धान जारी छ ।’

दुई समूहबीच झगडा हुँदा धिमालमाथि एकजना किशोरले चक्कु हानेका थिए । उनलाई घटनालगत्तै सिनामङ्गलस्थित काठमाडौँ मेडिकल कलेजमा उपचारका लागि लगिएको थियो ।

तर त्यहाँ चिकित्सकले तत्कालै उनलाई मृत घोषित गरे । अधिकारीका अनुसार बाटोमा हिँड्दै गर्दा धिमाल र पक्राउ परेका किशोर एक अर्कासँग ठोक्किएका थिए। त्यही कुरालाई लिएर दुई पक्षबीच झगडा सुरु भएर ज्यानसम्म गएको हो ।

उक्त झगडाका क्रममा मृतक धिमालका साथी २३ वर्षीय मनिष चौधरी पनि घाइते भएका छन् । ज्यान गुमाएका शम्भु धिमालको शव पोस्टमार्टमका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको प्रवक्ता अधिकारीले बताए ।

झगडामा संलग्न दुवै पक्ष एकअर्कासँग अपरिचित थिए । आक्रमणमा संलग्नमध्ये तीनजना किशोहरू गयराति जन्मदिनको पार्टी खाएर फर्किने क्रममा हिँडिरहेका थिए । जन्मदिनको पार्टी खाएर फर्किरहेका उनीहरूले बाटैमा छ्याङ पिएको पनि खुलेको छ । छ्याङ खाने क्रममै तीनजनाको समूहमा १४ वर्षीय किशोर पनि थपिए ।

जन्मदिनको पार्टी र बाटोमा छ्याङसमेत पिएका चारजनाको समूह हिँड्ने क्रममा धिमाल र चौधरीसँग ठोक्किए । ठोक्किएपछि त्यहीँ भनाभन सुरु भयो । भनाभनले उग्र रुप लिँदा ४ मध्ये एकजनाले धिमाल र चौधरीमाथि छुरा प्रहार गरे ।

प्रकाशित मिति : ३० बैशाख २०८१, आइतबार  २ : ०९ बजे

‘झरीपछिको इन्द्रेणी’को नयाँ गीत ‘जब फर्किन्छ घर’ सार्वजनिक

काठमाडौं – गत शुक्रबारदेखि प्रदर्शनरत फिल्म ‘झरीपछिको इन्द्रेणी’को नयाँ गीत

भोजपुरको पाँचधारेमा बौद्धस्तूप निर्माण

भोजपुर– टेम्केमैयुङ गाउँपालिका-९ पाँचधारेमा पर्यटकीय तथा धार्मिक क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले

भक्तपुरमा एक महिनामा १४ वटा जघन्य अपराध

भक्तपुर– भक्तपुरमा पछिल्लो एक महिनामा १४ वटा जघन्य अपराधका घटना घटेका

चिसोबाट दमरोगीलाई कसरी बचाउने ?

श्वासप्रश्वास रोग मानिसको मृत्यु गराउने रोगमध्ये विश्वको चौथो प्रमुख रोगमध्ये

गर्भावस्थामा यी तिन खानेकुरा नखाएकै राम्रो 

काठमाडौं– कफीः कफीमा क्याफिन भन्ने तत्त्व हुन्छ । गर्भवती आमाले कफी