९ महिनामा सरकारले गर्‍यो ९०९ अर्ब खर्च, ७ प्रदेश ७८ अर्ब १३ करोडमा सीमित « Khabarhub

९ महिनामा सरकारले गर्‍यो ९०९ अर्ब खर्च, ७ प्रदेश ७८ अर्ब १३ करोडमा सीमित


३० बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


654
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–सरकारले चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा ९०९ अर्ब ३९ करोड रुपैयाँ खर्च गरेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा यस्तो देखिएको हो ।

सरकारले गत आवको ९ महिनाको अवधिमा भन्दा चालु आवको ९ महिनामा ३.६ प्रतिशतले सरकारी खर्च घटेको छ । समीक्षा अवधिमा चालु खर्च ६४४ अर्ब ३ करोड रुपैयाँ रुपैयाँ, पुँजीगत खर्च ९७ अर्ब ३८ करोड रुपैयाँ र वित्तीय व्यवस्था खर्च १६७ अर्ब ९९ करोड रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ ।

चालु आवको चैत मसान्तसम्ममा सरकारको कुल राजस्व परिचालन (प्रदेश सरकार तथा स्थानीय सरकारमा बाँडफाँट हुने रकमसमेत) ७४८ अर्ब ४ करोड रुपैयाँ भएको छ । गत आर्थिक वर्षको पहिलो नौ महिनामा १३.४ प्रतिशतले घटेको राजस्व, समीक्षा अवधिमा ९.४ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ ।

यस अन्तर्गत कर राजस्व ६७१ अर्ब १२ करोड रुपैयाँ र गैर कर राजस्व ७६ अर्ब ९३ करोड रुपैयाँ परिचालन भएको बैंकले सार्वजनिक गरेको विवरणमा छ ।

चैत मसान्तसम्ममा सरकारका विभिन्न खातामा ३१३ अर्ब ७२ करोड रुपैयाँ (प्रदेश सरकार तथा स्थानीय सरकारको खातामा रहेको रकमसमेत) नगद मौज्दात रहेको छ । २०८० असार मसान्तमा यस्तो मौज्दात ६५ अर्ब ३६ करोड रुपैयाँ रहेको बैंकले जनाएको छ ।

प्रदेशको खर्च ७८ अर्ब १३ करोड चालु आवको ९ महिनाको अवधिमा ७ वटा प्रदेशका सरकारहरूको जम्मा खर्च ७८ अर्ब १३ करोड रुपैयाँ रहेको छ ।  सबै प्रदेशको स्रोत परिचालन १३२ अर्ब २८ करोड रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ ।

प्रदेश सरकारहरूको कुल स्रोत परिचालनमा नेपाल सरकारले हस्तान्तरण गरेको अनुदान र विभाज्य कोषबाट बाँडफाँट हुने राजस्वसमेत गरी ९८ अर्ब २९ करोड रुपैयाँ रहको छ । त्यस्तै सातै प्रदेश सरकारहरूले परिचालन गरेको तथा अन्य स्रोतबाट प्राप्त राजस्व ३३ अर्ब ९९ करोड रुपैयाँ रहेको राष्ट्र बैंकले उल्लेख गरेको छ ।

प्रकाशित मिति : ३० बैशाख २०८१, आइतबार  १ : ४० बजे

रास्वपा महाधिवेशन स्थलको अनुगमनमा गृहमन्त्री

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन

रास्वपाको महाधिवेशनमा ४ विपक्षी दलका नेता सहभागी हुँदै 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनको उद्घाटन सत्रमा ४ विपक्षी

बैंकको सीईओ एक्लैको तलब सबै कर्मचारीले पाउने तलबको २ देखि ३ प्रतिशतसम्म

काठमाडौं– नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी

उत्तरी थाइल्याण्डमा रेलवे सुरुङ निर्माणका क्रममा दुर्घटना, दुईको मृत्यु

बैङ्कक– उत्तरी थाइल्याण्डमा निर्माणाधीन रेलवे सुरुङभित्र भारी उपकरण खस्दा दुई

सवारी दुर्घटनामा २३ जना घाइते

बाजुरा– साँफे–मार्तडी राजमार्गअन्तर्गत  बुढीगङ्गा नगरपालिका–१० रिठा बजार नजिक आज बस दुर्घटना