विदेशमा पढ्ने नाममा मात्रै बाहिरियो झण्डै एक खर्ब « Khabarhub

विदेशमा पढ्ने नाममा मात्रै बाहिरियो झण्डै एक खर्ब


३० बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


252
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चालु आर्थिक वर्षको ९ महिनामा अर्थात् चैत मसान्तसम्म नेपालबाट विदेश पढ्न जाने नाममा झण्डै एक खर्ब बाहिरिएको छ । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको तथ्यांकअनुसार चैत मसान्तसम्म नेपालबाट विदेश अध्ययन गर्न जानेहरूमार्फत ९५ अर्ब ८५ करोड बाहिरिएको हो ।

सार्वजनिक तथ्यांकअनुसार समीक्षा अवधिमा सेवा खाता अन्तर्गत भ्रमण व्यय ४२.५ प्रतिशतले वृद्धि भई १४३ अर्ब २२ करोड पुगेको छ । यसमध्ये शिक्षातर्फको व्यय ९५ अर्ब ८५ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय १०० अर्ब ५४ करोड रहेकोमा शिक्षातर्फको व्यय ६७ अर्ब १९ करोडे रहेको थियो ।

समीक्षा अवधिमा खुद सेवा आय ५२ अर्ब २३ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय ६३ अर्ब ९१ करोडले घाटामा रहेको थियो ।

सेवा खाता अन्तर्गत समीक्षा अवधिमा भ्रमण आय ४० प्रतिशतले वृद्धि भई ६० अर्ब ४५ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ४३ अर्ब १७ करोड रहेको थियो ।

प्रकाशित मिति : ३० बैशाख २०८१, आइतबार  २ : ०० बजे

चितवनमा ग्यास वितरण सहज बनाउन चार उद्योगद्वारा एकै ठाउँबाट बिक्री

चितवन – खाना पकाउने एलपी ग्यासको अभाव भएपछि स्थानीय प्रशासनले

सिरुबारी पहिरो : बेनी-जोमसोम सडकको मुख्य चुनौती

म्याग्दी – रघुगङ्गा गाउँपालिका-२ सिरुबारीको पहिरो भारत र चीनलाई जोड्ने

देउवाले भने : विशेष महाधिवेशनले कांग्रेस कमजोर भयो, अदालतले न्याय दिनेमा ढुक्क छु

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीभित्रको विवादलाई

आफू प्रजातन्त्र पक्षधर भएकैले ज्ञानेन्द्रले जेल हाले : देउवा

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफू प्रजातन्त्रको पक्षधर भएकाले