चितवनमा पेट्रोल बम हानेर जलाइयो विद्यार्थी लिन हिँडेको बस « Khabarhub

चितवनमा पेट्रोल बम हानेर जलाइयो विद्यार्थी लिन हिँडेको बस


३० बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.4k
Shares
  • change font
  • change font
  • change font

चितवनको भरतपुर महानगरपालिका-२० दद्राहानी पुलमा विद्यार्थी लिन हिँडेको बसमा पेट्रोल बम हानेर आगजनी गरिएको छ ।

आइतबार बिहान स्मल हेभन बोडिङ स्कुलको बागमती प्रदेश ०६००१ क ००४५ नम्बरको बसमा पेट्रोल बम हानेर आगजनी गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक भेषराज रिजालले बताए ।

६ जनाको समूहमाका व्यक्तिहरूले चालक र सह-चालकलाई बाहिर निकालेर बसमा पेट्रोल बम प्रहार गरेको उनले बताए । पेट्रोल बम हानिएपछि आगो लागेर बस पूरै जलेको  छ ।

रिजालका अनुसार प्रहरीले घटनास्थलमा पुगेर विवरण लिएको छ । थप अनुसन्धानपछि मात्रै कसले र किन बम प्रहार गरेको भन्ने खुल्न सक्ने उनले बताए ।

प्रकाशित मिति : ३० बैशाख २०८१, आइतबार  २ : १७ बजे

‘झरीपछिको इन्द्रेणी’को नयाँ गीत ‘जब फर्किन्छ घर’ सार्वजनिक

काठमाडौं – गत शुक्रबारदेखि प्रदर्शनरत फिल्म ‘झरीपछिको इन्द्रेणी’को नयाँ गीत

भोजपुरको पाँचधारेमा बौद्धस्तूप निर्माण

भोजपुर– टेम्केमैयुङ गाउँपालिका-९ पाँचधारेमा पर्यटकीय तथा धार्मिक क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले

भक्तपुरमा एक महिनामा १४ वटा जघन्य अपराध

भक्तपुर– भक्तपुरमा पछिल्लो एक महिनामा १४ वटा जघन्य अपराधका घटना घटेका

चिसोबाट दमरोगीलाई कसरी बचाउने ?

श्वासप्रश्वास रोग मानिसको मृत्यु गराउने रोगमध्ये विश्वको चौथो प्रमुख रोगमध्ये

गर्भावस्थामा यी तिन खानेकुरा नखाएकै राम्रो 

काठमाडौं– कफीः कफीमा क्याफिन भन्ने तत्त्व हुन्छ । गर्भवती आमाले कफी