मिरुनालाई पाउन दयाहाङलाई ‘घर ज्वाइँ’को विकल्प « Khabarhub

मिरुनालाई पाउन दयाहाङलाई ‘घर ज्वाइँ’को विकल्प


३० बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अनिल बुढा मगरले निर्देशन गरेको फिल्म ‘घर ज्वाइँ’को टिजर आइतबार सार्वजनिक गरिएको छ । यस फिल्ममा अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगर मुख्य भूमिकामा छन् ।

टिजरमा मिरुनाको प्रेममा परेका दयाहाङको मास्टरी पेशालाई अवहेलना गरी घर ज्वाइँ बस्नुपर्ने बाध्यात्मक परिस्थिति निर्माण भएको देख्न सकिन्छ । दयाहाङ घर ज्वाइँ बस्न राजी देखिएका छैनन् । यद्यपि उनी दुईतर्फी दबाबमा छन् ।

निर्देशक मगरका अनुसार फिल्म रोल्पा-रुकुमतिरका मगर समुदायको प्रेम जोडीले विवाहका लागि गर्नु परेको स‌ंघर्षमा आधारित छ ।

असार २८ गते प्रदर्शनमा आउने यस फिल्ममा दयाहाङ र मिरुनासहित बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, खड्कबहादुर पुन ‘खबपु’लगायतले अभिनय गरेका छन् ।

फिल्म पूर्वीरुकुम आसपासमा छायांकन गरिएको हो । यस फिल्मको कथा पनि निर्देशक मगरकै हो । उनलाई पटकथा तथा संवाद लेखनमा विनोद खतिवडा र सुभाष कोइरालाले सघाएका छन् ।

एबीएम सिनेमा प्रोडक्सनको सहकार्यमा जीएम मुभीजको प्रस्तुति रहेको फिल्मका निर्माता जनक घर्ती मगर हुन् ।

यस्ताे छ टिजर:

प्रकाशित मिति : ३० बैशाख २०८१, आइतबार  ६ : ३९ बजे

सुपर कपको उपाधि बार्सिलोनालाई : फाइनलमा राफिन्हाले गरे दुई गोल

काठमाडौं – स्पेनिस सुपर कपको उपाधि बार्सिलोनाले उचालेको छ ।

कांग्रेसको विशेष महाधिवेशन : आज बिहान १० बजेदेखि बन्दसत्र

काठमाडौं – नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्दसत्र सोमबार बिहान

राजनीतिक बन्दीको रिहाइको पर्खाइमा भेनेजुएलाका विपक्षी दल र सर्वसाधारण

भेनेजुएला – भेनेजुएलाका अपदस्थ राष्ट्रपति निकोलस मदुरोले अमेरिकी सेनाको अपहरपछि

निर्वाचन ५२ दिन बाँकी : आजसम्म समानुपातिक उम्मेदवारी फिर्ता लिन सकिने

काठमाडौँ- आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर