गुडिरहेको ट्र्याक्टरबाट खसेर एक महिलाको मृत्यु « Khabarhub

गुडिरहेको ट्र्याक्टरबाट खसेर एक महिलाको मृत्यु


३० बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

हुम्ला – गुडिरहेको ट्र्याक्टरबाट खसेर हुम्लामा एक महिलाको ज्यान गएको छ।

आइतबार दिउँसो खार्पुबाट सिमकोट आउँदै गरेको लु ४ त १४४९ नम्बरको ट्र्याक्टरबाट खस्दा सिमकोट गाउँपालिका–२ ठेहे गाउकी ५५ वर्षीया नानी बोहराको मृत्यु भएको हो।

ट्र्याक्टरबाट खसेर गम्भीर घाइते भएकी बोहोराको उपचारका क्रममा जिल्ला अस्पतालमा सिमकोटमा मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार घट्नास्थलबाट दिउँसो १स्१० बजे जिल्ला अस्पतालमा उपचारका लागि ल्याएकी बोहोराको उपचार गर्दा गर्दै दिउँसो साढे ४ बजे मृत्यु भएको हो। ट्र्याक्टर र चालकलाई प्रहरीले अहिले नियन्त्रणमा लिएको छ।

प्रकाशित मिति : ३० बैशाख २०८१, आइतबार  ७ : ३३ बजे

के हो सामाजिक सञ्जालमा भाइरल ३७० को चिकेन बिरयानी कन्ट्रोभर्सी ?

काठमाडौं- भारतमा एक जना युवकले स्ट्याण्ड-अप कमेडी शोमा आफ्नो पहिलो

विभिन्न ३ प्रकारका औषधीको आयात तथा बिक्रीमा कडाइ, विभागद्वारा नयाँ व्यवस्था लागू

काठमाडौं– औषधि व्यवस्था विभागले प्रेगाबालिन डाइसाइक्लोमिन र प्रोमेथाजिन समूहका औषधिको दुरुपयोग

उपराष्ट्रपति यादव र कोशी प्रदेश प्रमुख खापुङबीच भेट

काठमाडौं – उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले आज

विश्वकप सुरु हुनै लाग्दा पसलमा जर्सी किन्नेको घुइँचो (तस्बिरहरू)

काठमाडौं– फुटबलको महाकुम्भ फिफा वर्ल्डकप २०२६ आज जुन ११ देखि

विश्वकपको माहौलमा गोकुल बास्कोटाको कटाक्ष : इटाली त एमाले भइगो

काठमाडौं– विश्वकप फुटबलको रौनक नजिकिँदै जाँदा राजनीतिक नेताहरू पनि आफूले