काठमाडौं उपत्यकामा बन्ने स्मार्ट सिटिको नयाँ प्रस्ताव मन्त्रिपरिषद्मा लगिने « Khabarhub

काठमाडौं उपत्यकामा बन्ने स्मार्ट सिटिको नयाँ प्रस्ताव मन्त्रिपरिषद्मा लगिने


३० बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सहरी विकास मन्त्रालयले काठमाडौंमा प्रस्तावित चार स्मार्ट शहर मध्ये इशान शहर निर्माणको प्रस्ताव पुनः क्याबिनेटमा लैजान गृहकार्य सुरु गरेको छ ।

३ वर्ष अघि मन्त्रिपरिषद्मा पेस भएको इशान नयाँ शहर निर्माणसम्बन्धी प्रस्ताव अघि नबढेपछि प्रस्तावित योजनाको पुनरावलोकन गरी नयाँ प्रस्ताव अघि बढाउन मन्त्रालयले तयारी थालेको हो ।

उक्त आयोजनालाई अघि बढाउने विषयमा आइतबार भएको बैठकमा सहरी विकास मन्त्री धनबहादुर बुढाले इशान नयाँ शहरसम्बन्धी प्रस्तावलाई एक महिनाभित्र भौतिक पूर्वाधार समितिमा पेस गर्न निर्देशन दिएका छन् ।

गत साता इशान नयाँ शहर आयोजनाको प्रगति अनुगमन गर्न गएका मन्त्री बुढालाई स्थानियवासी र जनप्रतिनिधिले लामो समय देखी स्मार्ट सहरको लागि भन्दै जग्गा रोक्का गरेका कारण नागरिकले निकै कष्ट व्यहार्नु परेको भन्दै जतिसक्दो छिटो आयोजना निर्माणको कामलाई अघि बढाइदिन आग्रह गरेका थिए ।

२०७८ सालमा मन्त्रालयले पेस गरेको उक्त आयोजना निर्माण सम्बन्धी प्रस्ताव अर्थको सहमति नहुँदा मन्त्रिपरिषद्बाट अघि बढ्न सकेको छैन ।

मन्त्री बुढाले उक्त आयोजनामा भएको ढिलाइले सर्वसाधारण नागरिकले हैरानी खेप्नुपरेको भन्दै एक महिनाभित्रमा भौतिक पूर्वाधार समितिको बैठकबाट पारित गरेर मन्त्रिपरिषद्मा पेस गर्ने गरी काम गर्न उपत्यका विकास प्राधिकरणसहित सम्बद्ध कर्मचारीलाई निर्देशन समेत दिए ।

मन्त्री बुढाले नयाँ शहर निर्माणसम्बन्धी प्रस्तावलाई जतिसक्दो छिटो मन्त्रिपरिषद्बाट पास गराउन पहल गर्ने भन्दै इशानबाटै नयाँ शहर निर्माणको थालनी गर्नुपर्नेमा जोड दिए ।

सहरी विकास मन्त्रालयका सचिव मणिराम गेलालले इशान नयाँ शहर निर्माणसम्बन्धी मौजुदा प्रस्तावलाई अघि बढाउन ठोस मोडालिटि बनाएर अघि बढ्ने बताए ।

सचिव गेलालले आयोजनाको ब्लक प्लान बनाएर लागत मुल्याङकनसहित स्रोत व्यवस्थापनका लागि पहिले नै अर्थ मन्त्रालयसँग समन्वय गरेर अघि बढ्ने उल्लेख गरे । काठमाडौं उपत्यका विकास प्राधिकरण विकास आयुक्त जानुका ढकालले इशान नयाँ शहर निर्माणका लागि विभिन्न विदेशी कम्पनीहरूले समेत चासो देखाएको भन्दै स्रोत व्यवस्थापनका लागि समस्या नहुने दाबी गरे ।

प्रकाशित मिति : ३० बैशाख २०८१, आइतबार  ७ : ४२ बजे

विपद्पछिको उद्धार कि पूर्वसूचना ? भोटेकोसीले देखाएको हिमाली जोखिम र प्रविधिको आवश्यकता

काठमाडौँ – भोटेकोसी–त्रिशूली तटीय क्षेत्रमा भदौ १० मा आएको विनाशकारी

भोटेकोशी बाढीः शव व्यवस्थापन अन्तिम संस्कार होइन

चितवन- रसुवाको भोटेकोशीमा यही भदौ १० गते आएको अकल्पनीय बाढीले

पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउन विज्ञको सुझाव

ललितपुर- जलस्रोतविज्ञ तथा पूर्वजलस्रोतमन्त्री इन्जिनियर दीपक ज्ञवालीले विकासका नाममा भएका

विपद् उद्धारमा सघाउन ५.५ टन औषधिसहित भारतीय वायुसेनाको विमान नेपाल आउँदै

काठमाडौँ – छिमेकी मुलुक भारतले नेपालमा जारी खोज, उद्धार तथा

अर्घाखाँची सिमेन्टद्वारा बाढी पीडितका लागि ६ लाख ७५ हजार सहयोग

भैरहवा– अर्घाखाँची सिमेन्ट उद्योगमा कार्यरत कर्मचारीले भोटेकोशीमा आएको बाढीबाट प्रभावित