राष्ट्रिय नाचघरमा ‘माटोको गीत’ « Khabarhub

राष्ट्रिय नाचघरमा ‘माटोको गीत’


३० बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – देशभक्ति भाव जागृत गराउन नेपाल सांस्कृतिक संस्थानले ‘माटोको गीत’ संस्कृति शृङ्खला सुरुआत गरेको छ । हरेक शुक्रबार सञ्चालन हुने सांस्कृतिक शृङ्खलामा नाटक, नृत्य र गीत प्रस्तुत गरिँदै आएको सांस्कृतिक संस्थानका अध्यक्ष चन्द्रकुमार हतुवाली राईले बताए ।

नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा दोस्रो संस्करणको रुपमा कार्यक्रम सञ्चालन भइरहेको छ । दुई घन्टाको प्रस्तुतिमा राष्ट्रिय विभूति अरनिको तिब्बत गएर कला प्रदर्शनी गरी नेपालको नाम उँचो बनाएको विषयमा कलाकारहरुले लोकनाटक प्रदर्शन गरेका थिए ।

त्यसैगरी, सांस्कृतिक संस्थानका कलाकारहरुले मालश्री धुन, मञ्जुश्री नाच, कर्णाली प्रदेशको सिङारु (वनगारी) नृत्य, लिम्बू र याखा जातिको च्याब्रुङ, थारू जातिमा प्रचलित लट्ठी नाच, नेवारी समुदायको धिमे नाच, गाउँगाउँबाट उठ, बस्ती बस्तीबाट उठ, पश्चिम कोही पूर्व घरलगायतका जागरण गीत र नृत्य प्रस्तुत गरेका थिए । सोही अवसरमा ७१ वर्षीया कोलीकुमारी कुँवरले मादल बजाउँदै गीत प्रस्तुत गरे ।

संस्थानका तर्फबाट खर्क बुढा, नरसिंहलाल श्रेष्ठ, लोकराज राई, दुर्गाप्रसाद खतिवडा, नरेश प्रजापति, रोहित सुवेदी, सीतामैया राचल, सुक्रिमाया तामाङ, धर्म गन्धर्वले वाद्यवादनमा सघाएका थिए । गायनतर्फ तीर्थराज पोखरेल, दीपेन्द्र बज्राचार्य, शिला विष्ट, बिपिन घिमिरे, राधिका भण्डारी र खुसी थुलुङ्ग राईले साथ दिएका थिए ।

अब देशका विभिन्न भूगोलमा बासोबास गर्ने जातजाति र समुदायमा प्रचलित लोकनृत्य, बाजा र संस्कृतिलाई उजागर गर्ने योजना रहेको संस्थानका अध्यक्ष राईले जानकारी दिए । सांस्कृतिक कार्यक्रममा पूर्वमन्त्री सुदन किरातीले नेपाली कला र संस्कृतिले राष्ट्रिय एकता निर्माण गर्ने बताए ।

प्रकाशित मिति : ३० बैशाख २०८१, आइतबार  ८ : २४ बजे

अर्थमन्त्री वाग्ले भारत भ्रमण सकेर स्वदेश फर्किए

काठमाडौं – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर

मध्यावधि चुनावअघि ट्रम्पले सार्वजनिक गरे २५ ‘शीर्ष उपलब्धि’

वासिङटन – राष्ट्रपति डोनाल्ड ट्रम्पले शरणार्थी भर्ना पूर्ण रूपमा रोकेको

कोरला नाकाबाट भित्रिन थाले भेडाच्याङ्ग्रा

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरला नाकाबाट पहिलो पटक भेडाच्याङ्ग्रा भित्रन

देवानगञ्ज घटनाबारे प्रहरीको आग्रह – यथार्थ बुझेर मात्र समाचार सम्प्रेषण गर्नू

इनरुवा – सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मध्येहर्षाहीस्थित बीपी चोकमा भएको झडपको

काठमाडौं उपत्यकामा राति चल्ने बस बढाइयो, ६ रुटमा २८ विद्युतीय बस (तस्बिरहरू)

काठमाडौं – साझा यातायातले काठमाडौं उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा