आज २०८१ साल वैशाख ३१ गते सोमबारको राशिफल | Khabarhub Khabarhub

आज २०८१ साल वैशाख ३१ गते सोमबारको राशिफल


३१ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल वैशाख ३१ गते सोमबार तदनुसार सन् २०२४ मे १३ तारिख। वैशाख शुल्क पक्षको षष्ठी तिथि। चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। खबरहबका लागि ज्यो.प.सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेशः

मेष : दिन सामान्य छ। खानपानमा ख्याल नगर्दा पेट सम्बन्धी समस्या हुनसक्छ। श्रमको फल प्राप्त हुनेछ। परिवारको साथ र सहयोग रहनेछ। आर्थिक अवस्था सामान्य रहनेछ। सामाजिक क्षेत्रमा सम्मान प्राप्त हुनेछ।

वृष : बोलीमा सरस्वतीको बास भएकाले सोचेर बोल्नु राम्रो हुन्छ। शिक्षामा सफलता प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। राजनीतिक क्षेत्रमा प्रशंसा हुनेछ।

मिथुन : शेयरको कारोबारमा फाइदा हुनेछ। लगानी गर्दा विचार पुर्याउनु राम्रो हुनेछ। समयको सदुपयोग गर्नुपर्ने दिन हो। मेहनतको फल प्राप्त हुनेछ। शिक्षा क्षेत्रको लगानीबाट फाइदा हुने दिन छ। परिवारको सहयोग प्राप्त हुनेछ।

कर्कट : तपाईंको ग्रहमा चन्द्रमाको बास भएकाले उत्साह बढ्नेछ। न्यापूर्वक गरेका लगानीको प्रतिफल राम्रो प्राप्त हुनेछ। परिवारमा बौद्धिक टकराब हुने देखिन्छ। व्यवहार गर्दा सचेत हुनुपर्ने छ।

सिंह : दैनिकी सामान्य छ। आफूभन्दा ठुलाबाट आर्शिवाद लिएर अगाडि बढ्नु राम्रो हुनेछ। धार्मिक र सामाजिक क्षेत्रमा लाग्दा मन शान्त हुनेछ। व्यापारमा झगडा हुने देखिन्छ। परिवारमा हुने विवादले दिन बित्ने भएकाले शान्त बस्नु राम्रो हुनेछ।

कन्या : शिक्ष क्षेत्रमा प्रगति हुनेछ। सामाजिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। लगानीका क्षेत्रमा फाइदा हुनेछ। सामाजिक र परोपकारको क्षेत्रमा हात अगाडि बढाउनु राम्रो हुनेछ।

तुला : समय राम्रो छ। दीर्घकालीन योजना बनाउने दिन हो। साथी सकारात्मक भएकाले सहयोग प्राप्त हुनेछ। श्रमको उचित मूल्यांकन हुनेछ। शिक्षा क्षेत्रमा लगानी गरेको भए फाइदा हुनेछ। कृषि क्षेत्रको व्यापारले माथि उठाउने छ। परिवारको साथ मिल्नेछ।

वृश्चिक : गुरुबाट सहयोग नमिल्ने दिन छ। काम गर्दा सचेत हुनुपर्ने छ। कामको परिणाम तपाईंको पक्षमा हुनेछ। श्रम लगानीबाट उत्साह मिल्नेछ। शिक्षा र वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ।

धनु : दिन रमाइलो छ। अरुबाट काम लिने दिन हो। सहयोगी हात धेरै भएकाले सचेत भएर अगाडि बढ्नु राम्रो हुनेछ। स्वास्थ्य क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारको रमाइलो साथ प्राप्त हुनेछ। सामाजिक क्षेत्रमा सम्मान प्राप्त हुनेछ।

मकर : आफ्नो लागि संघर्ष गर्नुपर्ने दिन हो। निरन्तरको प्रयासले मात्र सफलता प्राप्त हुनेछ। यथास्थितिमा चल्नुपर्ने बाध्यता छ। परिवारसँगको प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कुम्भ : शनिदेवको छाया योग छ। जसलाई साढेसाती भनिन्छ। जन्मकुण्डली देखाएर मात्र कुनै काम गर्न अगाडि बढाउनु राम्रो हुन्छ। जन्मकुण्डलीमा शनि सकारात्मक भए प्रगति हुनेछ। शनि नकारात्मक भए ठुलो घाटा हुनेछ।

मीन : दिन राम्रो छ। श्रम लगानीबाट मन सन्तुष्ट हुनेछ। शिक्षामा गरेको प्रयासबाट सफलता मिल्नेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्य खराब बन्नसक्छ। परिवारको साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

प्रकाशित मिति : ३१ बैशाख २०८१, सोमबार  ५ : ०६ बजे

ग्रामीण सडक सञ्चालनमा आएपछि तिहारमा गाउँलेलाई सहज

बागलुङ– बागलुङका ग्रामीण सडक सञ्चालनमा आएपछि तिहारका बेला सर्वसाधारणलाई आवतजावत

महोत्तरीमा आज साँझ धनतेरस मनाउने तयारी

महोत्तरी– सौरमासको कात्तिक सङ्क्रान्तिकै दिन यसपालिको दीपावली (तिहार) पर्व सुरु

नारायणगढ–मुग्लिन सडक खण्डमा सातवटा गाडी एकआपसमा ठोक्किए

चितवन– नारायणगढ–मुग्लिन सडक खण्डको गाइघाटमा सातवटा गाडीहरु एकआपसमा ठोकिएर दुर्घटना

अर्थमन्त्री खनालबाट सिङ्गापुरका राष्ट्रपति थरमनसँग भेटवार्ता

वासिङ्टन डिसी– अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सिङ्गापुरका राष्ट्रपति थरमन शानमुगार्थमसँग भेटवार्ता

काठमाडौं उपत्यकाका पाँच क्षेत्रमा भेला र प्रदर्शन गर्न निषेध

काठमाडौं– जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौं उपत्यकाका विभिन्न पाँच क्षेत्रमा