कांग्रेस संसदीय कार्यसमिति र दलको बैठक बस्दै « Khabarhub

कांग्रेस संसदीय कार्यसमिति र दलको बैठक बस्दै


३१ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसको संसदीय कार्यसमिति र संसदीय दलको बैठक आज बस्दैछ ।

संसदीय कार्यसमितिको बैठक दिउँसो १ बजे र संसदीय दलको बैठक दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा बस्ने जनाइएको छ ।

बैठकले जेठ १ गते संसदमा पेस गर्ने तयारी गरिएको सरकारको नीति तथा कार्यक्रममा अवरोध गर्ने या नगर्ने भन्ने विषयमा निर्णय गर्नेछ ।

सरकारको नीति तथा कार्यक्रम जेठ १ गते मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले वाचन गर्ने कार्यक्रम तय भएको छ ।

कांग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने सहकारी प्रकरणमा मुछिएको आरोप लगाउँदै संसदीय छानबिन समितिको माग गरेर संसद् अवरुद्ध गर्दै आएको छ ।

कांग्रेसले आइतबार बिहान प्रधानमन्त्रीसँग भएको छलफल सकारात्मक रहेको बताएको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०८१, सोमबार  ६ : २५ बजे

स्याङ्जामा जीप दुर्घटना, एक जनाको मृत्यु

स्याङ्जा – स्याङ्जामा आज साँझ भएको जीप दुर्घटनामा परी एकको

पदयात्रा रोक्न टानको आग्रह

काठमाडौं – ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)ले पदयात्रा रोक्न

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

काठमाडौं – सरकारले सातै प्रदेशका २७ स्थानमा नयाँ खेलकुद पूर्वाधार

विराज-समीर आमनेसामने, ‘१२ गाउँ-२’को एक्सनप्रधान टिजर सार्वजनिक

काठमाडौं– बन्दुकको गोली, तीव्र भिडन्त र मारधाडका दृश्यले भरिएको नेपाली