जसपा नेपालको केन्द्रीय समिति बैठक बस्दै, सरकारबाट बाहिरिने तयारी | Khabarhub Khabarhub

जसपा नेपालको केन्द्रीय समिति बैठक बस्दै, सरकारबाट बाहिरिने तयारी


३१ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा)नेपालको केन्द्रीय समिति बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे ज्यापु प्रज्ञा भवन च्यासलमा  बस्ने प्रवक्ता मनिष सुमनले जानकारी दिए ।

बैठकले पार्टीको फुट, समसामयिक राजनीति, महाधिवेशन तयारीलगायत विषयमा छलफल गरी आवश्यक निर्णय लिने जनाइएको छ ।

अशोक राईको नेतृत्वमा सात जना संघीय सांसद अलगिएपछि जसपा नेपालको राजनीतिक परिवेश फेरिएको छ । यसको असर प्रदेश हुँदै केन्द्रमा समेत आइपुगेको छ ।

मधेस प्रदेशमा जसपा नेपालका सरोज यादव नेतृत्वको सरकारबाट आईतबार माओवादी केन्द्र र एमाले बाहिरिए पछि पार्टी अध्यक्ष तथा उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई केन्द्रीय सरकार छाड्नु पर्ने नैतिक बाध्यता आइपरेको छ ।

यो परिस्थितिमा संघीय सरकारमा रहने वा नरहने भन्ने विषयमा आजको बैठकले औपचारि निर्णय गर्ने प्रवक्ता सुमनले बताए । यद्यपि आइतबार बसेको जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठकले सरकारबाट बाहिरिनुका साथै समर्थन फिर्ता लिने निर्णय गरिसकेकाे छ ।

उपप्रधानमन्त्री यादवलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नै राजीनामा दिन दिइसकेकाे बुझिएको छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रचण्डले पार्टी जसपा नेपाल फुटाइदिएको यादवको जिकिर छ । उनले सार्वजनिक कार्यक्रमहरुमै एमाले र माओवादीले पार्टी विभाजनमा भूमिका खेलेको आरोप लगाउँदै आएका छन् ।

प्रकाशित मिति : ३१ बैशाख २०८१, सोमबार  ९ : ३७ बजे

तनहुँको नयाँ सहर आयोजना : २० किलोमिटर सडक कालोपत्र

तनहुँ– नयाँ सहर आयोजना कार्यालय डुम्रे भन्सारले २० किलोमिटर सडक

नजिकबाट माछापुच्छ्रे नियाल्न ‘हेम्जाकोट’

गण्डकी– कास्कीको माछापुच्छ्रे गाउँपालिका-६ मा अवस्थित हेम्जाकोट गाउँ नजिकबाट माछापुच्छ्रे

तल्लो हेवा खोला जलविद्युत आयोजनाको ऋण सम्झौता

काठमाडौं– पाँचथरस्थित तल्लो हेवाखोला जलविद्युत् आयोजनाका लागि लगानी जुटेको छ

झापा महिला गोल्डकप : उपाधिका लागि आज एपीएफ र पुलिस भिड्ने

काठमाडौं– पहिलो संस्करणको झापा महिला गोल्डकप फुटबलको उपाधिका लागि आज

इन्जुरी समयमा गोल गर्दै पिएसजीले निकाल्यो लियोनविरुद्ध सनसनीपूर्ण जित

काठमाडौं – पेरिस सेन्ट जर्मेन (पिएसजी)ले खेलको इन्जुरी समयको अन्तिम