सङ्खुवासभाबाट पेस्तोलसहित एकजना पक्राउ « Khabarhub

सङ्खुवासभाबाट पेस्तोलसहित एकजना पक्राउ


३१ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


282
Shares
  • change font
  • change font
  • change font

किमाथांका– सङ्खुवासभाको चैनपुर नगरपालिका–१ नूनढाकीबाट कटुवा पेस्तोलसहित एक जनालाई प्रहरी पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक अशोककुमार जबेगुले चैनपुर नगरपालिका–१ नूनढाकीका ४२ वर्षीय दिलकुमार चोङवाङ रहेको जानकारी दिए। 

पेस्तोल बोकेर हिँडडुल गर्ने गरेको विशेष सूचनाको आधारमा प्रहरी चौकी नूनढाकी र सङ्खुवासभाको संयुक्त प्रहरी टोलीले एक थान कटुवा पेस्तोलसहित चोङवाङलाई आइबार पक्राउ गरिएको प्रहरी निरीक्षक जबेगुले बताए । 

बरामद भएको कटुवा पेस्तोलसहित चोङवाङविरुद्व मुलुकी अपराधसंहिता, २०७४ को हातहतियार तथा खरखजनासम्बन्धी कसूरमा जिल्ला अदालत चैनपुरबाट म्याद थप गरेर अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०८१, सोमबार  २ : २४ बजे

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

काठमाडौं – शरद ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको

संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

काठमाडौं – संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी