जसपाबाट प्रदीप यादव स्वास्थ्यमन्त्री, नवलकिशोर साह वनमा यथावत « Khabarhub

जसपाबाट प्रदीप यादव स्वास्थ्यमन्त्री, नवलकिशोर साह वनमा यथावत

हसिना वा रञ्जुमध्ये एकलाई राज्यमन्त्री बनाइँदै


३१ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


342
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–गत आइतबार दर्ता भएको अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीबाट सोमबार एकजना मन्त्री र अर्का राज्यमन्त्री थपिने भएका छन् ।

राई नेतृत्वको नयाँ जसपातिर खुलेका वन तथा वातावरण मन्त्री नवलकिशोर साह सुडीलाई भने पार्टीले यथावत राख्ने भएको छ ।

जसपाले उपेन्द्र यादवले राजीनामा दिएपछि सोमबारदेखि खाली भएको स्वास्थ्य मन्त्राालयमा प्रदीप यादवलाई पठाउन सिफारिस गरेको छ ।

त्यस्तै राज्यमन्त्रीका लागि भने जसपाले दुईजनाको सिफारिस गरेको छ । जसपाबाट समानुपातिक सांसदद्वय हसिना खातुन र रञ्जु झाको नाम सिफारिस भएको छ ।

उता फागुन २१ मा एमाले र माओवादीसहितको गठबन्धन बनेपछि वन मन्त्रालयको जिम्मेवारी पाएका सुडी कायमै हुने भएका छन् ।

‘दुईजना साथीहरू थपिले सुनेको छु । यसबारे मलाई औपचारिक जानकारी आएको छैन । तर म यथावत् रहन्छु’, उनले खबरहबसँग भने ।

जसपा नेपाल विभाजित भएपछि सुडी अध्यक्ष यादवलाई छाडेर राई नेतृत्वको नयाँ जसपामा खुलेका छन् ।

मन्त्री हुन लागेका यादव पर्सा निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन् ।

अर्कातिर समानुपातिक सांसद मञ्जु शर्मा अन्सारीको निधन भएपछि रिक्त कोटामा बाँकेकी हसिना खानले मौका पाएकी थिइन् । उनलाई राज्यमन्त्रीका रुपमा सिफारिस गरिएको हो ।

प्रदीप यादव भने पहिला पनि मन्त्री भइसकेका हुन । उता खान संसद्‍को पहिलो यात्रामै राज्यमन्त्री हुन लागेकी हुन् ।

यसअघि १२ सांसद रहँदा पनि जसपाबाट २ मन्त्री र १ राज्यमन्त्री थिए । त्यसकारण राई नेतृत्वको जसपालाई २ मन्त्री र १ राज्यमन्त्री दिन लागिएको हो ।

प्रकाशित मिति : ३१ बैशाख २०८१, सोमबार  ३ : २५ बजे

भोटेकोशी बाढी : रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी

काठमाडौं – भोटेकोशी बाढीका कारण रसुवा र नुवाकोटका विभिन्न जलविद्युत्

भोटेकोशी हिमबाढी : १५५ नेपाली स्वदेश फर्किए, ५ हजार अझै बेपत्ता

काठमाडाैं – भदौ १० गते नेपाल–चीन सीमावर्ती क्षेत्रमा आएको भोटेकोशी

युक्रेनविरूद्धको आक्रमण तीन दिनसम्म रोक्न राष्ट्रपति पुटिनको निर्देशन

किएभ – रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगामी तीन दिनसम्म किएभमाथि

टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो

काठमाडौं – रसुवाको टिमुरेस्थित नेपाल–चीन सीमा नाकामा नेपालको राष्ट्रिय झण्डा

बाढी प्रभावित ज्येष्ठ नागरिकलाई प्रधानमन्त्रीको आश्वासन : ‘हजुरहरू एक्लो हुनुहुन्न, सरकार तपाईंको साथमा छ’

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित ज्येष्ठ नागरिकलाई आफूहरू