जसपा नेपालले लियो सरकारलाई दिएको समर्थन फिर्ता  « Khabarhub

जसपा नेपालले लियो सरकारलाई दिएको समर्थन फिर्ता 


३१ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

जसपा सरकारबाट बाहिरिएसँगै  जसपा अध्यक्ष यादवले आज सभामुखलाई पत्र पठाउँदै सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको हो । 

पार्टीबाट सरकारमा उपप्रधान तथा स्वास्थ्यमन्त्री रहेका पार्टी अध्यक्ष यादवले आज राजीनामा दिएसँगै समर्थन फिर्ता लिएको प्रवक्ता मनिष सुमनले जानकारी दिए ।

यता जसपा अध्यक्ष यादवले सर्वोच्च अदालतमा रिट दिएका छन् । उनले आफ्नो पार्टी जसपा नेपाल विभाजन भएपछि नयाँ पार्टी दर्ता गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दिएका हुन् ।

आयोगले दल विभाजन सम्बन्धी कानून निष्क्रिय भएको बेला दल फुटाएर दर्ता गराएको उपेन्द्रको तर्क छ ।

उनको रिटमा नयाँ दल गठनमा सहभागी भएका सांसदहरूलाई विपक्षी बनाइएको बताइएको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०८१, सोमबार  ४ : ३७ बजे

म्याग्दीबाट कांग्रेसकातर्फबाट गर्बुजा र भण्डारी सिफारिस

म्याग्दी – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको

एनपीएल विजेता टोलीलाई राष्ट्रपतिले दिए बधाई

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल प्रिमियर लिग (एनपीएल) को

युक्रेनी राष्ट्रपति जेलेन्स्की र अमेरिकी राजदूत बर्लिनमा भेट्दै

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष प्रतिनिधि स्टिभ विटकोफले

पोल्याण्डको सीमालाई बलियो बनाउन जर्मनीले सैनिक पठाउने

एजेन्सी– जर्मनीले पोल्याण्डको पूर्वी सीमालाई बलियो बनाउन आफ्नो सेनाको एक