रुसको एक आवासीय भवनमा आक्रमण हुँदा १५ जनाको मृत्यु | Khabarhub Khabarhub

रुसको एक आवासीय भवनमा आक्रमण हुँदा १५ जनाको मृत्यु


३१ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रुसको दक्षिणपश्चिमी शहर बेलगोरोडमा सोमबार दश तले आवासीय अपार्टमेन्ट भवनमा आक्रमण हुँदा १५ जनाको मृत्यु भएको छ ।

स्थानीय सञ्चारमाध्यमका अनुसार आइतबार भएको ‘युक्रेनी आक्रमण’ पछि  सो भवन ढलेको हो । 

यसअघि बेलगोरोड र यसका उपनगरहरूमा आइतबार युक्रेनी सशस्त्र बलले ठूलो गोलाबारी गरेको थियो । खसालिएको टोच्का–यू सामरिक मिसाइलका टुक्राहरूले आवासीय भवनलाई क्षति पुर्‍याउँदा भवनको एउटा भाग ढलेको स्रोतले जनाएको छ ।  

यसैगरी रुसको दक्षिणपश्चिमी शहर बेलगोरोडमा आंशिकरूपमा ध्वस्त भएको आवासीय अपार्टमेन्ट भवनमा खोजी र उद्धार कार्य सम्पन्न भएको रूसी आपतकालीन मन्त्रालयका प्रवक्ताले बताए। उनका अनुसार १७ जनाको भग्नावशेषबाट उद्धार गरिएको थियो भने भग्नावशेषमुनिबाट १५ जनाको शव निकालिएको थियो ।  

यसअघि आपतकालीन मन्त्रालयले दुई बच्चासहित १२ जनालाई घटनास्थलबाट उद्धार गरिएको बताएको थियो । बेलगोरोडका गभर्नर व्याचेस्लाभ ग्ल्याडकोभले टेलिग्राममा पोस्ट गरेको भिडियोमा ठुलो प्वाल भएको भवन ढलेको देखाइएको छ ।

युक्रेनी सेनाले गरेको ‘बृहत् बम विस्फोट’ को निन्दा गर्दै उहाँले आवासीय भवनमा प्रत्यक्ष गोलाबारीपछि। दशौँतलादेखि भुइँतलासम्मको सम्पूर्ण प्रवेशद्वार ढलेको बताए ।

रूसी रक्षा मन्त्रालयले सामाजिक सञ्जालमा भवनमा टोच्का-यू टीआरसी मिसाइलको टुक्रा खसेको बताएको थियो । 

प्रकाशित मिति : ३१ बैशाख २०८१, सोमबार  ६ : १५ बजे

अध्यादेशबाट प्रवासी नेपालीलाई मताधिकार दिन सम्भव छ ?

काठमाडौं– अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले बिहीबार पत्रकारहरूसँग कुरा गर्दै

तीन ठूला दलमा बढ्दैछ नेतृत्वको परिवर्तनको माग

काठमाडौं– जेन-जी आन्दाोलन यता नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र

मन्त्री बन्ने हल्लापछि विजय लामाले भने- धेरै जनाले प्रस्ताव राख्नुभएको छ रे तर, मलाई कुनै जानकारी छैन

काठमाडौं– क्याप्टेन विजय लामा अन्तरिम सरकारको पर्यटनमन्त्री बन्ने हल्ला बाहिरिएको

फिल्म जुधेँपछि प्रकाश सपुत : ‘माइतीघर’ छोरी, ‘हरिबहादुरको जुत्ता’ छोरा, कसलाई प्राथमिकता दिउँ ?

काठमाडौं – यो दशैँमा चार फिल्महरु ‘माइतीघर’, ‘हरिबहादुरको जुत्ता’, ‘बलिदान’