प्रदीप यादव स्वास्थ्यमन्त्रीमा नियुक्त, राष्ट्रपतिले दिलाए शपथ « Khabarhub

प्रदीप यादव स्वास्थ्यमन्त्रीमा नियुक्त, राष्ट्रपतिले दिलाए शपथ


३१ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


702
Shares
  • change font
  • change font
  • change font

नवगठित जनता समाजवादी पार्टीका सांसद प्रदीप यादव स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीमा नियुक्त भएका छन् ।

सोमबारै मन्त्रीमा नियुक्त यादवलाई राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा पद तथा गोपनीयताको शपथ दिलाएका छन् ।

गत आइतबार दर्ता भएको अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीबाट सोमबार एकजना मन्त्री र अर्का राज्यमन्त्री थपिएका छन् ।

स्वास्थ्यमन्त्री बनेका यादव पर्सा निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन् ।

राई नेतृत्वको नयाँ जसपातिर खुलेका वन तथा वातावरण मन्त्री नवलकिशोर साह सुडीलाई पार्टीले यथावत राखेको छ ।

जसपा नेपालको उपेन्द्र यादव पक्षमा खुलेका दीपक कार्कीले पनि सोमबार राजीनामा दिएपछि उनको स्थानमा जसपाले हसिना खातुनलाई पठाएको छ । उनी एक महिनाअघि मात्रै जसपा नेपालकी समानुपातिक सांसद भएकी थिइन् ।

समानुपातिक सांसद मञ्जु शर्मा अन्सारीको निधन भएपछि रिक्त कोटामा बाँकेकी हसिना खानले मौका पाएकी थिइन् । उनलाई स्वास्थ्य राज्यमन्त्रीका रुपमा सिफारिस गरिएको थियो । खातुनलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पद तथा गोपनीयताको शपथ दिलाउने छन् ।

फागुन २१ मा एमाले र माओवादीसहितको गठबन्धन बनेपछि वन मन्त्रालयको जिम्मेवारी पाएका सुडी कायमै भएका हुन् ।

जसपा नेपाल विभाजित भएपछि सुडी अध्यक्ष यादवलाई छाडेर राई नेतृत्वको नयाँ जसपामा खुलेका थिए । जसपा नेपाल विभाजित हुँदा सुरुमा राई समूहमा खुलेका कार्की यादवतिरै बसेपछि सोमबार सरकारबाट बिदा भएका छन् ।

 

प्रकाशित मिति : ३१ बैशाख २०८१, सोमबार  ६ : ५७ बजे

कागन र सोइलाई रसायनशास्त्रतर्फको नोबेल पुरस्कार

एजेन्सी– हेनरी बी. कागन र केन्सो सोइलाई जैविक पदार्थ निर्माणमा

युक्रेनमा रुसी मिसाइल र ड्रोन हमलामा आठ जनाको मृत्यु

किएभ– युक्रेनका विभिन्न सहरमा रुसले गरेको मिसाइल र ड्रोनको संयुक्त

महामन्त्रीमा ढुक्क हुनुस् भन्ने साथीहरूको प्रतिक्रिया छ : प्रदीप पौडेल

नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा महामन्त्री पदमा प्रदीप पौडेल बलिया

चितवनको तौलपुल तीन महिनादेखि बन्द, सडक सुरक्षामा चुनौती (तस्बिरहरू)

चितवन– काठमाडौँ जोड्ने मुख्य ‘लाइफलाइन’ सडकका रूपमा रहेको नारायणगढ–मुग्लिन सडकखण्डमा बढी

नाइजेरियामा बन्दुकधारीको आक्रमण, १७ जनाको मृत्यु

गुसाउ– उत्तरपश्चिम नाइजेरियाको जामफरा राज्यमा सशस्त्र गिरोहले खानीस्थल र गाउँमा आक्रमण