दातृ संस्थाहरुको लगानी अनुसार प्रतिफल देखिएन : मुख्यमन्त्री कँडेल « Khabarhub

दातृ संस्थाहरुको लगानी अनुसार प्रतिफल देखिएन : मुख्यमन्त्री कँडेल


३१ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले अन्तर्राष्ट्रिय दातृ संस्थाहरुको लगानीअनुसार कर्णालीले प्रतिफल पाउन नसकेको बताएका छन् ।

कर्णाली कार्यक्षेत्र भएका अन्तर्राष्ट्रिय विकास साझेदारहरुसँग आज भएको छलफलमा मुख्यमन्त्री कँडेलले अन्तर्राष्ट्रिय विकास साझेदारले कर्णालीलाई उच्च प्राथमिकतामा राखे पनि आशातीत सफलता हासिल गर्न नसकेको बताएका हुन् ।

उनले भने, “हाम्रा सहयोगी दातृ निकायहरुको सहयोगअनुसार जति परिवर्तनको महसुस गर्नुपर्ने हो, कर्णालीका नागरिकले परिवर्तनको महसुस गर्न सकेको छैन ।”

अवसरको खोजीमा कर्णालीका गाउँहरु रित्तिँदै गएको अवस्थाप्रति चिन्ता प्रकट गर्दै मुख्यमन्त्री कँडेलले दातृसंस्थाका प्रतिनिधिहरुलाई रोजगारीका लागि विदेशिने परिस्थिति अन्त्य गर्नुपर्नेमा जोड दिए ।

जनताको जीवनस्तर उकास्न सरकारको मात्र प्रयासले सम्भव नहुने उनको भनाइ थियो । मुख्यमन्त्री कँडेलले विकास साझेदारलाई कर्णालीमा काम गर्ने उपयुक्त वातावरण र सहजीकरण गर्न प्रदेश सरकारले प्रयास गर्ने प्रतिवद्धता व्यक्त गरे ।

कर्णालीमा अन्तर्राष्ट्रिय विकास साझेदार संस्थाका कार्यक्रमलाई एकीकृत रुपमा लैजान सके उपलब्धि हासिल हुने बताए । उनले आजै सुर्खेतस्थित सङ्घीय कार्यालयका प्रमुखसँग छलफल गरी कर्णाली प्रदेशमा भइरहेका कामका बारेमा जानकारी लिएका थिए ।

प्रकाशित मिति : ३१ बैशाख २०८१, सोमबार  १० : ३६ बजे

राष्ट्रियसभाको बैठक सुरु 

काठमाडौं– राष्ट्रियसभाको आजको बैठक सुरु भएको छ । राष्ट्रियसभाको आजको

ग्यास पाउनु भएन, यो नम्बरमा फोन गर्नुस्

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारी यादवको सचिवालयले बजारमा

सुनसान पोखराको सहिद पार्क (तस्बिरहरू) 

पोखरा– आजभन्दा आठ वर्षअघिसम्म पोखराका मुख्य चोकमा फराकिलो ट्राफिक आइल्याण्ड थिए

५७ करोड १५ लाखभन्दा बढी राजस्व संकलन

जनकपुरधाम– आर्थिक वर्ष २०८२-८३ मा ५७ करोड १५ लाखभन्दा बढी

ग्यास संकटबीच आयल निगम कार्यकारी निर्देशकमा नागेन्द्र साह

काठमाडौं- देशभर एलपी ग्यास अभावका कारण उपभोक्ता लामो लाइनमा उभिन बाध्य