आफ्नो पासवर्डलाई बलियो कसरी बनाउने ? « Khabarhub

आफ्नो पासवर्डलाई बलियो कसरी बनाउने ?


१ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हामी सबै प्रविधि मैत्री भएका छौ । हामीले प्रयोग गर्ने सामाजिक सञ्जाल फेसबुक, ट्विटर, इस्टाग्रामलगायत तथा कम्प्युटर प्रयोग लगायत बैंकिङ काराेबारमासमेत राखेको पासवर्ड कसरी सुरक्षित बनाउने भन्ने जान्न आवश्यक छ । दैनिक जीवनमा इन्टरनेट तथा मोबाइलको महत्त्व बढ्दै जाँदा सुरक्षित पासवर्डको आवश्यकता समेत बढ्दै गएको छ ।

पछिल्लो समय सामाजिक संञ्जालहरु ह्याक भइरहेका छन् । सामाजिक सञ्जालमा पनि नयाँ अकाउन्ट खोल्दा बलियो पासवर्ड राख्नुहोस् भन्ने पनि आउँछ ।  आफ्नो डिजिटल सुरक्षाका लागि अनलाइन अकाउन्टहरूका पासवर्डलाई बलियो तथा सुरक्षित बनाएर साइबर अपराधी वा ह्याकरबाट जोगिने जोगिनु पर्छ ।

कस्तो पासवर्ड बलियो र सुरक्षित हुन्छ त ? 

बलियो पासवर्ड राख्नका निम्ति पासवर्ड लिनु पर्छ । लामो पासवर्डलाई सजिलैसँग तोड्न सकिँदैन । पासवर्डलाई समय समयमा पनि परिवर्तन गरीरहनु पर्छ । सके सम्म धेरै डिभाइसहरूमा पनि आफ्नो पासवर्डहरु लगइन गरेर लग आउट नगरी हिँड्नु हुँदैन । आफ्नो डिजिटल सुरक्षाका लागि टू फ्याक्टर अथेन्टिकेसनको प्रयोग गर्दा यसले डिजिटल अकाउन्टलाई सुरक्षित राख्नका मद्दत गर्छ । साथै आफ्नो पासवर्डमा कसैको नाम, जन्म मिति वा मोबाइल नम्बर जस्ता कुराहरू राख्नु हुँदैन। र सामाजिक संञ्जालहरुमा पनि आफ्ना निजी जानकारीहरू शेयर गर्नु हुँदैन ।

गुगलक्राेमबाट बलियो पासवर्ड बनाउनका लागि सबैभन्दा सुरुमा क्रोमको सेटिङमा गएर सिंक फिचर इनेबल गरी कुनै पनि वेबसाइटमा जाने र एउटा नयाँ अकाउण्ट क्रियट गर्ने र पासवर्ड बक्समा ट्याप गरेपछि, क्रोमले स्वचालित रूपमा तपाईँलाई एउटा मजबूत पासवर्ड बनाउन सघाउनेछ ।

समाचार श्रोत : एजेन्सीको सहयोगमा

प्रकाशित मिति : १ जेठ २०८१, मंगलबार  ११ : ३९ बजे

पाथीभरामा पुगे एकै महिनामा १० हजार बढी दर्शनार्थी

ताप्लेजुङ – ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा माघ महिनामा १० हजारभन्दा

जङ्गली हात्ती मृत फेला

झापा- कचनकवल गाउँपालिका–७ मा आज जङ्गली हात्ती मृत फेला परेको

झापामा ओलीका सात दिन : ८० टोलमा भेटघाट, मतदाताले सुनाए गुनासै गुनासो

झापा– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली एकहप्तासम्म मतदाता भेटघाट

स्कूल बस दुर्घटना अपडेट : एक जनाको मृत्यु, छ जनालाई पोखरा पठाइयो

बागलुङ – बागलुङ नगरपालिका–३ रातमाटामा भएको स्कुल बस दुर्घटनामा घाइते

टी–२० विश्वकपः भारतले नामिबियालाई दियो २१० रनको लक्ष्य

काठमाडौं – आईसीसी टी–२० विश्वकपअन्तर्गत आयोजक भारतले नामिबियाविरुद्ध २१० रनको