सभामुख र संसदीय दलका सचेतकबीचको छलफल निष्कर्षविहीन  | Khabarhub Khabarhub

सभामुख र संसदीय दलका सचेतकबीचको छलफल निष्कर्षविहीन 


१ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सभामुख देवराज घिमिरे र संसदीय दलका प्रमुख सचेतकहरुबीच छलफल भएको छ । सिंहदरबारमा भएको सो छलफल निष्कर्षमा भने पुग्न सकेन । 

दलहरूबीच सहमति नहुँदा नीति तथा कार्यक्रममाथिको छलफल, आगामी बैठकहरू र बजेट प्रभावित हुने सभामुख घिमिरेले बताए । राजनीतिक दलहरूबीच सहमति नहुँदा संसदका बिजनेश प्रभावित हुने देखिएको उनको भनाई छ । 

यता नेपाली कांग्रेस संसदीय दलले आज नीति तथा कार्यक्रम प्रस्तुत हुन सहयोग गर्ने तर त्यसपछि धन्यवाद प्रस्ताव टेबुल गर्ने प्रयोजनका लागि बोलाइएको बैठकमा विरोध जारी रहने अडान राखेको छ । सहकारी प्रकरण छानबिनका लागि  संसदीय समिति नबनेसम्म विरोध कार्यक्रम रहिरहने सचेतक सुशीला थिङले बताइन् ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले गृहमन्त्रीलाई रबि लामिछानेले संसद्मा बोल्न पाउनुपर्ने माग राखेको छ । रास्वपा सचेतक सन्तोष परियारले लामिछानेलाई आजको बैठकमा बोल्न दिनुपर्ने बताए । धन्यवाद प्रस्ताव टेबल नभएसम्म नीति तथा कार्यक्रमको कोर्ष पूरा नहुने भन्दै कांग्रेसले पुनर्विचार गर्न आवश्यक रहेको औँल्याए ।

यस्तै बैठकमा सभामुखले आजको संयुक्त सदन र प्रतिनिधि सभाको बैठकका कार्यसूचीबारे जानकारी दिएका थिए । 

प्रकाशित मिति : १ जेठ २०८१, मंगलबार  १ : २९ बजे

प्रतिनिधिसभा बैठक बस्दै, पाँच अध्यादेश निर्णयार्थ पेस गरिने (कार्यसूचीसहित)

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक

आजको मौसम पूर्वानुमान : पहाडी क्षेत्रमा आंशिक बदली

काठमाडौं – हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव

पिएसभीको पोस्टमा आर्सनलको सात गोल

काठमाडौं – युरोपेली च्याम्पियन्स लिगको दोस्रो चरणको पहिलो लेगमा आर्सनलले

च्याम्पियन्स लिगः रोड्रिगो र डियाजको गोलमा रियल म्याड्रिड विजयी

काठमाडौं – च्याम्पियन्स लिगको दोस्रो चरणको पहिलो लेगमा रियल म्याड्रिड

पहिलो पटक संसद्लाई सम्बोधन गर्दै ट्रम्प : के छन् विषय ?

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी संसद्को दुवै सदनलाई