के तपाईंलाई थाहा छ ? लामखुट्टेको टोकाईपछि शरीर किन चिलाउँछ ? « Khabarhub

के तपाईंलाई थाहा छ ? लामखुट्टेको टोकाईपछि शरीर किन चिलाउँछ ?


२८ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

गर्मी र बर्खाको समयमा लामखुट्टको प्रकोप बढ्ने गर्छ । यस मौसममा डेंगू, मलेरिया, चिकनगुनिया जस्ता रोग फैलने खतरा हुन्छ । यी रोग फैलाउन लामखुट्टेको टोकाई नै सबैभन्दा प्रमुख कारण हो । अझ लामखुट्टेले तपाईंको शरीरको रगत चुस्दा असहनीय दुखाई र टोकेको स्थानमा चिलाउने गर्दछ । तर के तपाईंलाई थाहा छ ? लामखुट्टेको टोकाईले किन हाम्रो शरीरमा चिलाउछ ? यस्तो के कारण हुन्छ ? आउनुहोस् जानी राखौँ ।

शरीरमा रगत चुस्ने भाले लामखुट्टे नगन्य मात्रामा हुन्छन् । रगत चुस्ने लामखुट्टे पोथी मात्र हुन्छन् । पोथी लामखुट्टेहरु रगत चुस्दा कपाल जत्रो आकारको सुँडले शरीरमा घोच्ने गर्दछन् । शरीरबाट रगत निस्कदै गर्दा रगत जमेर ढिक्का बन्दछ । जसलाई सुँडले तान्न असहज भएपछि पोथी लामखुट्टेले मानव शरीरमा एक विशेष प्रकारको विषालु रसायन उत्पादन गरी छालामा छोड्छन् । जो मानव शरीरमा पुग्नासाथ मानिसलाई चिलाउन थाल्दछ ।

यसरी कुनै पोथी लामखुट्टेले शरीरबाट रगत चुस्दै गर्दा आफ्नो सुँडको माध्यमले आफ्नो थुकमा विषालु रसायन पैदा गरेर शरीरमा मिलाउँदा जमेको रगत पुन: पातलो भई सुँडले तान्न सहज हुन्छ ।

लामखुट्टको थुकमा जमेको पदार्थलाई पातलो बनाउने तत्वका साथै धेरै प्रकारका प्रोटिन समावेश हुन्छन् । जसलाई लामखुट्टेले आफ्नो सुँडबाट रगत चुस्दै गरेको मानिसको शरीरमा प्रवेश गराउनासाथ त्यसको साइड इफेक्टबाट बच्न हाम्रो शरीरमा रोग प्रतिरोधात्मक क्षमता सक्रिय हुन्छ । रोग प्रतिरोधात्मक क्षमताले हिस्टामिन नामको एउटा कम्पाउण्ड सक्रिय गराएर हाम्रो सेता रक्तकोषलाई प्रभावित क्षेत्रमा पुर्याउछ र शरीरमा प्रवेश गरेको तत्वसँग लड्न मद्दत गर्छ ।

हिस्टामिन नामको सोही कम्पाउण्ड र लामखुट्टेले पैदा गरेको रसायनका कारण शरीर चिलाउँछ । लामखुट्टले टोकेको शरीरको भाग निकै संवेदनशील हुन्छ । जहाँ हामीले कन्याउन थालेपछि रसायन र हिस्टामिन फैलिएर झन्झन् चिलाउँन थाल्दछ । यसरी लगातार एकै स्थानमा कन्याउदा चिलाएको स्थानको छालामा इन्फेक्शन हुने खतरा हुन्छ ।

प्रकाशित मिति : २८ श्रावण २०७६, मंगलबार  ३ : ३१ बजे

नासाको ‘ओरियन’ रकेट फेरी प्रक्षेपण स्थलमा

एजेन्सी– नासाले आफ्नो आगामी चन्द्र अभियानका लागि ‘स्पेस लन्च सिस्टम’

इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ : ट्रम्प

वाशिङ्टन- डोनाल्ड ट्रम्पले शुक्रबार संयुक्त राज्य अमेरिका इरानमाथि जारी सैन्य

निफले सक्यो प्रि-इभेन्टका कार्यक्रम

काठमाडौं – नवौँ संस्करणको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को

कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरू)

काठमाडौं- जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै युवाहरूले शनिबार

निर्वाचनमा बालअधिकार उल्लङ्घन : अध्ययनले देखायो ३५० घटना

काठमाडौं– प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ मा बालअधिकारसम्बन्धी निर्वाचन आचारसंहिता कार्यान्वयन