मोरङमा लागूऔषध कारोबारीलाई पक्राउ गर्न गोली प्रहार « Khabarhub

मोरङमा लागूऔषध कारोबारीलाई पक्राउ गर्न गोली प्रहार


१ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


8.7k
Shares
  • change font
  • change font
  • change font

विराटनगर– मोरङमा प्रहरीले गोली हानेर एक जना लागूऔषध कारोबारीलाई पक्राउ गरेको छ।  

जिल्ला प्रहरीका कार्यालय मोरङ प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्र बस्नेतका अनुसार मोरङ रतुवामाई नगरपालिका ६ स्थित कादुपाढामा आज अपरान्ह प्रहरीले गोली हानी लागूऔषध कारोबारीलाई पक्राउ  गरेको हो । 

भारतीय नम्बर प्लेटको सुपर स्प्पेलन्डरमा लागूऔषध लिएर नेपाल प्रवेश गरेको सूचनाको आधारमा प्रहरीले रोक्ने क्रममा पेलेर अगाडि बढ्न खोजेपछि प्रहरीले गोली चलाएको थियो । 

लागूऔषध कारोबारी भारतको बिहार, किसनगञ्ज–८ बस्ने भारतीय नागरिक भागिरथ हरिजन घाइते भएका छन् ।उनलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीको गोली उनको तिघ्रामा लागेको छ ।हाल उनको उर्लाबारीस्थित स्थानीय एक अस्पतालमा उपचार भइरहेको छ ।

भारतीय नागरिक  हरिजनको साथबाट प्रहरीले १ सय ५८ ग्राम ब्राउन सुगर बरामद गरेको छ ।

प्रकाशित मिति : १ जेठ २०८१, मंगलबार  ४ : ३६ बजे

सालकको अखेटोपहार ओसापसारको अभियोगमा तीन जना पक्राउ

चितवन – चितवन राष्ट्रिय निकुञ्जले संरक्षित वन्यजन्तु कालो सालकको अखेटोपहार

नागढुङ्गा सुरुङमार्ग प्रभावित क्षेत्रको खानेपानी व्यवस्थापनमा ११ निर्णय

काठमाडौं – नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाबाट प्रभावित क्षेत्रको खानेपानी आयोजनाको

‘सेवा पुरस्कार’ मुटु रोग विशेषज्ञ डा कोइरालालाई

काठमाडौं – यसवर्षको ‘सेवा पुरस्कार नेपाल’ मुटु रोग विशेषज्ञ डा

डा गोविन्द केसीले तोडे अनसन

काठमाडौँ । काठमाडौँ । डाक्टर गोविन्द केसीले अनसन तोडेका छन्

अनसनरत डा केसीद्वारा औषधि लिन अस्वीकार

सुदूरपश्चिम – कैलालीको धनगढीमा पाँच दिनदेखि अनसनरत डा गोविन्द केसीको