तनहुँको व्यास नगरपालिका निर्वाचनको पुनःमतगणना गर्न उच्च अदालतको आदेश « Khabarhub

तनहुँको व्यास नगरपालिका निर्वाचनको पुनःमतगणना गर्न उच्च अदालतको आदेश


१ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


321
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्थानीय तह निर्वाचन भएको दुई वर्षपछि उच्च अदालत पोखराले तनहुँस्थित व्यास नगरपालिकामा पुनःमतगणना गर्न आदेश दिएको छ ।

२०७९ वैशाख ३० मा भएको निर्वाचनमा सो नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार वैकुण्ठनाथ न्यौपाने मेयर पदमा विजयी भएका थिए । मेयर पदमा पराजित घोषणा गरिएका स्वतन्त्र उम्मेदवार दीपकराज जोशीले पुनः मतगणना माग गर्दै उच्च अदालतमा मुद्धा दायर गरेका थिए ।

दीपकराज कांग्रेस पूर्वमहामन्त्री एवम् पूर्वमन्त्री गोविन्दराज जोशीका छोरा हुन् । २५२ मतान्तरले पराजित उनी निर्वाचनमा धाँधली भएको भन्दै अदालत पुगेका थिए । जोशीले नगरपालिकाको १ देखि ८ वडासम्म आफूले जितेको परिणाम सुनाइएको, तर ९ देखि १४ वडासम्मको मतगणनामा षडयन्त्र गरी विपक्षीलाई विजयी घोषणा गरिएको दाबी गरेका थिए ।

उच्च अदालतका न्यायाधीशद्वय राजनप्रसाद भट्टराई र निर्मला पौडेल भट्टराईको इजलासले व्यास नगरपालिकामा पुनः मतगणना गर्न आदेश दिएका हुन्‌ ।

मेयरमा विजयी घोषणा गरिएका न्यौपानेले १२ हजार ७८ मत र स्वतन्त्र उम्मेदवार जोशीले ११ हजार ८२६ मत प्राप्त गरेको नतिजा सार्वजनिक भएको थियो ।

व्यास नगरपालिकाको मेयरमा दोहोरिए कांग्रेसका न्यौपाने

प्रकाशित मिति : १ जेठ २०८१, मंगलबार  ११ : ३७ बजे

नगद कारोबारको सीमा बढाउन निजी क्षेत्रको माग

काठमाडौं– यही माघ १ गतेदेखि नगद कारोबारको सीमा पाँच लाख

बसको ठक्करबाट बालिकाको मृत्यु

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को देवचुली नगरपालिका–१ केउरेनीमा विद्यालय बसको

सुनको मूल्य बढेको बढ्यै : ३ लाख ९ हजारमा किनबेच

काठमाडौं– नेपाली बजारमा सुनको मूल्य उकालो लाग्ने क्रम जारी रहेको

राष्ट्रिय झण्डा लुगा बनाइँदा सरकारको कडाइ : चुनावमा दुरुपयोग बढ्यो

काठमाडौं – जेन–जी आन्दोलनका क्रममा संसद् भवनमा आगो लगाउन गएकाको

मुस्ताङमा ११ हजार ३२८ जना मतदाता, २८ मतदान केन्द्र

जोमसोम– आसन्न प्रतिनिधिसभा सदस्य पदको निर्वाचन तयारीका लागि थासाङ गाउँपालिकास्थित