क्रिकेटर लामिछानेको मुद्दामा आज पनि बहस, फैसला आउन सक्ने | Khabarhub Khabarhub

क्रिकेटर लामिछानेको मुद्दामा आज पनि बहस, फैसला आउन सक्ने


२ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेको मुद्दामा उच्च अदालत पाटनमा आज पनि बहस हुँदैछ ।

मंगलबार न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अन्जु उप्रेतीको इजलासमा परेको मुद्दा बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको थियो ।

मंगलबार सरकारका तर्फबाट रत्नकेशरी महर्जन र प्रकाश घिमिरेले बहस गरेका थिए। उनीहरूपछि लामिछानेका कानुन व्यवसायीहरूले बहस गरे । लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ता शम्भु थापा, रमण श्रेष्ठ,कृष्ण सापकोटा, मुरारी सापकोटा, सरोजकृष्ण घिमिरे, रामनारायण विडारी र रोशनी पौडेल लगायतले बहस गरेका थिए। बहसका क्रममा उनीहरुले लामिछाने निर्दोष भएको दाबी गरेका थिए ।

लामिछाने पक्षको बहसपछि सरकारको तर्फबाट महर्जन र घिमिरेले जवाफ दिएका थिए । त्यसपछि गौसला २६ का तर्फबाट बहस सुरु भएको थियो । आज उनीहरुकै बहसबाट सुनुवाइ सुरु हुनेछ ।

आज बहस सकिएपछि फैसला आउन सक्ने उच्च अदालत पाटनका प्रवक्ता तीर्थराज भट्टराईले जानकारी दिए ।

जिल्ला अदालतको फैसलाप्रति लामिछानेले गरेको पुनरावेदन तथा जिल्ला अदालतले लामिछानेलाई कम सजाय दिएको भन्दै सरकारी वकिलको कार्यालयले उच्च अदालत पाटनमा दिएको निवेदनलाई एकैसाथ राखेर बहस भइरहेको हो ।

काठमाडौं जिल्ला अदालतले जबर्जस्ती करणीमा दोषी ठहर गर्दै आठ वर्ष कैद र तीन लाख रुपैयाँ जरिवाना तथा थप दुई लाख क्षतिपूर्तिको फैसला गरेपछि क्रिकेटर लामिछाने गत फागुन १० गने उच्च अदालत गएका थिए ।

प्रकाशित मिति : २ जेठ २०८१, बुधबार  ६ : ३५ बजे

बालबालिकालाई संस्कारसहितको शिक्षा दिनुपर्छ : मुख्यमन्त्री कँडेल

काँक्रेविहार– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले नेपालको मौलिकता, धार्मिक सहिष्णुता

रुसलाई लक्षित गर्दै दुई वटा आणविक पनडुब्बी तैनाथ गर्न ट्रम्पको निर्देशन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसलाई लक्षित गर्दै आफ्नो मुलुकका

पाकिस्तानको साथ लिएर भारतमाथि दबाब बढाउँदै अमेरिका

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतलाई लक्षित गरी एकपछि अर्को

पर्रोहा बोलबम धामको ज्योर्तिलिङ्गमा जलार्पण गर्नेको घुइँचो

लुम्बिनी– नेपालको एकमात्र स्वयं उत्पत्तिमान शिव ज्योर्तिलिङ्ग मानिने रूपन्देहीको पर्रोहा

दक्षिण अफ्रिकामा एक हजार अवैध खानी मजदुर पक्राउ

जोहान्सबर्ग– दक्षिण अफ्रिकाको उत्तर–पूर्वी क्षेत्रमा रहेको सुन खानीहरूमा काम गरिरहेका