विद्युत प्राधिकरणले एक वर्षमा कमायो ७ अर्ब बढी नाफा | Khabarhub Khabarhub

विद्युत प्राधिकरणले एक वर्षमा कमायो ७ अर्ब बढी नाफा


२८ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  नेपाल विद्युत् प्राधिकरणको नाफा कमाईमा वृद्धि भएको छ । गत आर्थिक वर्षमा प्राधिकरणले ७ अर्ब बढी नाफा कमाएको छ ।

उर्जा जलश्रोत तथा सिंचाई मन्त्री बर्षमान पुनले मंगलबार सिंहदरबारमा पत्रकार सम्मेलन गरी आर्थिक बर्ष २०७५/७६ मा प्राधिकरणले ७ अर्ब २० करोड नाफा कमाएको जानकारी दिएका हुन् ।

अघिल्लो आर्थिक वर्ष २०७४/७५ मा प्राधिकरणले साढे २ अर्ब नाफा कमाएको थियो । अघिल्लो आर्थिक बर्षको तुलनामा गत आर्थिक बर्ष प्राधिकरणले १ सय ४९ प्रतिशतले बढी नाफा कमाएको हो ।

प्राधिकरणले साँवा , ब्याज र रोयल्टी गरी राज्यको ढुकुटीमा १५ अर्ब ५९ करोड रुपैयाँ जम्मा गरेको छ । प्राधिकरणले विद्युत् चुहावटमा पनि उल्लेख्य रुपमा कमी ल्याएको छ । अघिल्लो बर्षको भन्दा ५ दशमलब १३ प्रतिशतले विद्युत् चुहावट घटेको छ । हाल प्राधिकरणको विद्युत् चुहावट १५ दशमलब १३ प्रतिशत छ ।

प्राधिकरणले गत आर्थिक बर्षमा ३ करोड ४७ लाख युनिट अर्थात् ३२ करोड रुपैयाँको विद्युत् निर्यात गरेको छ । पत्रकार सम्मेलनमा उर्जा मन्त्री पुनले लामो समयदेखि रुग्न बनेको अप्पर त्रिशुली ३ ‘ए’ तथा काबेली करिडोर लगायतका उत्पादनतर्फ १, प्रशारणतर्फ ३ र वितरणतर्फ ३४ गरी ३८ वटा रुग्न आयोजनाहरु सम्पन्न भएको जानकारी दिए । उनले काठमाडौं उपत्यकालाई ताररहित बनाउने अभियान अर्न्तगत भूमिगत तार बिछ्याउने काम छिट्टै शुरु गरिने बताए ।

विद्युत् चुहावटमा कमी ल्याउँदै प्रभावकारी सेवाविस्तार लगायतका सुधार गर्दै अघि बढेको प्राधिकरणले भविष्यमा थप नाफा आर्जन गर्ने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : २८ श्रावण २०७६, मंगलबार  ४ : २८ बजे

एसिया कप : आज भारत र पाकिस्तान भिड्दै

काठमाडौं – एसिया कप क्रिकेटमा आज भारत र पाकिस्तानले प्रतिस्पर्धा

राष्ट्र बैंकले एक अर्ब २० करोड मुद्दती निक्षेपमा राख्ने

काठमाडौं– नेपाल राष्ट्र बैंकले एक अर्ब २० करोड रुपैयाँ बराबरको

जितिया पर्वको निराहार व्रत आज

महोत्तरी– सन्तानको सौर्यवृद्धि र कल्याणको कामना गर्दै मधेसको प्राचीन मिथिला

घाइते जेनजीलाई भेटेर प्रधानमन्त्रीले भनिन्- बंगारा झार्नुपर्थ्यो नि !

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले घाइते जेनजीलाई भेटेर बंगाला झार्नुपथ्र्यो

बालबालिकामाथि हुने हरेक किसिमका दुर्व्यवहार रोक्नु सबैको दायित्व : राष्ट्रपति पौडेल 

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय बाल दिवसका अवसरमा समस्त गरेका