सुदूरपश्चिममा एमालेले सोडारीलाई समर्थन गर्ने तर सरकारमा नजाने | Khabarhub Khabarhub

सुदूरपश्चिममा एमालेले सोडारीलाई समर्थन गर्ने तर सरकारमा नजाने


२ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सुदूरपश्चिम प्रदेश सरकारमा नेकपा एमालेले एकीकृत समाजवादीका दीर्घ सोडारीलाई विश्वासको मत दिने भएको  छ । 

सोडारीले बिहिबार विश्वासको मत लिने कार्यक्रम छ । उनलाई एमालेले समर्थन मात्र गर्ने तर प्रदेश सरकारमा सहभागी नहुने बताएको छ । 

यसबारे सुदूरपश्चिम संसदीय दलका नेता राजेन्द्रसिंह रावलले भने, ‘हामीले संसदीय दलको बैठक राखेर अहिले सरकारलाई समर्थन गर्ने निर्णय गरेका छौँ । सरकारमा सहभागी हुने-नहुने विषय उठेको छैन ।’ 

उनका अनुसार विकसित घटनाक्रमलाई हेरेर मात्र एमाले सरकारमा सहभागी हुने भएको छ । 

वैशाखको अन्तिम साता दुई पटक विश्वासको मत लिन लागेका सोडारीलाई एमालेले दुई पटक नै दिएको थिएन । 

बझाङ उपनिर्वाचनमा विजयी भएका दामोदर भण्डारीको बुबाको काज किरियालाई देखाएर एमालेले हलो अड्काएको थियो । 

कोशीमा एकीकृत समाजवादीले एमालेका हिक्मत कार्कीलाई विश्वासको मत दिएपछि एमालेले सुदूरपश्चिममा पनि समाजवादीलाई गुन तिर्न लागेको हो ।

प्रकाशित मिति : २ जेठ २०८१, बुधबार  ३ : ०६ बजे

प्रेन्च लिगमा पिएजीको रोमाञ्चक जित

काठमाडौं – प्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पिएजी)ले

इङ्लिस प्रिमियर लिगः एस्टन भिल्लामाथि लिभरपुलको शानदार जित

काठमाडौं – इङ्लिस प्रिमियर लिग अन्तर्गत आइतबार राति भएको खेलमा

कोप-३० : अमेरिकाले कुनै पनि उच्च अधिकारीलाई नपठाउने

वासिङ्टन – अमेरिकाले यसै महिनाको अन्त्यमा ब्राजिलमा हुने कोप-३० जलवायु

कमजोर बन्दै ‘मोन्था’ आँधीको प्रभाव

काठमाडौं – बङ्गालको खाडीबाट उठेको ‘मोन्था आँधी’का कारण प्रभावित भएको

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय