कांग्रेसले संवाद गर्ने भन्दा मुख छाड्नेतिर लाग्यो : केपी ओली « Khabarhub

कांग्रेसले संवाद गर्ने भन्दा मुख छाड्नेतिर लाग्यो : केपी ओली


२ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले संवाद गर्ने भन्दा मुख छाड्नेतिर लागेको आरोप लगाएका छन् । 

संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् । 

उनले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसद् अवरोधमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन समिति बनाउनुपर्छ भनेर नाटक देखाएको बताए ।

उनले भने, ‘यो कांग्रेसको मात्रै सांसद हो, भोलिबाट कांग्रेस मात्रै बोल्ने अरू नबोल्ने, कांग्रेसले अरूले नजानेको जस्तो नारा लगाउने चल्दैन भोलिबाट, कांग्रेस संवाद गर्ने भन्दा मुख छाड्नेतिर लागेको छ, सभामुखलाई के भन्या त्यो ’

उनले अब एमालेले पनि संसदमा कुरा राख्न पाउनुपर्ने माग राख्नुपर्ने बताए ।

प्रकाशित मिति : २ जेठ २०८१, बुधबार  ३ : २३ बजे

दबाबमा परेको कांग्रेस संस्थापनले बोलायो केन्द्रीय कार्यसमितिको बैठक

काठमाडौं- विशेष महाधिवेशन पक्षधरले बहुमत जुटाएर दबाब बढाउँदै गएपछि सभापति

भारतको अन्तरिक्ष मिशन असफल, नेपालको उपग्रह ‘मुनाल’ पनि बाटैबाट हरायो

नयाँदिल्ली- आन्ध्र प्रदेशको श्रीहरिकोटास्थित सतीश धवन अन्तरिक्ष केन्द्रबाट आइतबार बिहान

थकाली सेवा समितिको केन्द्रीय अध्यक्षमा तुलाचन

मुस्ताङ– थकाली सेवा समिति नेपालको केन्द्रीय अध्यक्षमा शान्ति तुलाचन निर्विरोध

विश्व बजारमा नेपालको उत्पादनले गुणस्तरमा विश्वास जितेको छ : मन्त्री सिन्हा

काठमाडौं– उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले विश्व बजारमा नेपालको