लाङटाङ हिमाल पदमार्गमा सरसफाइ गरिने « Khabarhub

लाङटाङ हिमाल पदमार्गमा सरसफाइ गरिने


२ जेष्ठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पर्यटन क्षेत्रका श्रमिकको संस्था नेपाल ट्रे र्‍याफ्टिङ, एयरलाइन्स श्रमिक युनियन (युनिट्राभ)ले लाङटाङ हिमालको आधार शिविर र पदमार्गको सरसफाइ गर्ने भएको छ ।

युनिट्राभले आज पत्रकार सम्मेलन गरी पदमार्ग क्षेत्रमा कार्यरत १७ श्रमिकको प्रत्यक्ष सहभागितामा लाङटाङ हिमाल क्षेत्रका पदमार्ग र आधार शिविर क्षेत्रमा सरसफाइ गर्ने जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा युनिट्राभका अध्यक्ष सुमनप्रसाद पराजुलीले ‘हिमाल बचाऔँ, जलवायु परिवर्तनको असर कम गरौँ’ अभियानका साथ यही जेठ ४ गतेदेखि १६ गतेसम्म लाङटाङ हिमालको आधार शिविर र पदमार्गमा सरसफाइ गर्न लागिएको जानकारी दिए ।

“जलवायु परिवर्तनको असर कम गरौँ, हिमाललाई बचाइ राखौँ र मानव जीवनलाई बचाइ राखौँ उद्देश्यका साथ सरसफाइ अभियान गर्न लागेका हौँ”, अध्यक्ष पराजुलीले भने । नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) र युनिट्राभ तथा नेदरल्यान्डको सहयात्री ट्रेड युनियन एफएनभीसँगको सहकार्यमा लाङटाङ हिमाल जाने पदमार्ग र हिमालको आधार शिविरसम्म सरसफाइ गर्न लागिएको हो ।

पर्वतीय पर्यटन क्षेत्रमा कार्यरत श्रमिकको हक, अधिकारसहित मर्यादित काम र ज्यालाको विषयमा २०४० सालमा स्थापना भएको युनिट्राभले यसअघि सगरमाथा, अमादब्लम, मेरा पिक, मनास्लु, लाङटाङ, अन्नपूर्ण, धौलागिरि, गौरीशङ्करलगायतका हिमालका आधार शिविर तथा पदमार्गमा सरसफाइ गरिसकेको छ ।

‘स्वच्छ हावापानी, स्वच्छ जीवन, हाम्रो अधिकार’ नारासहित यसअघि त्रिशूली, भोटेकोशी, फेवाताल, शालीनदी, बागमतीलगायत नदीमा सरसफाइ गरिसकेको अध्यक्ष पराजुलीले बताए ।

प्रकाशित मिति : २ जेष्ठ २०८१, बुधबार  ९ : ०९ बजे

कांग्रेसका साथै देशलाई बलियो बनाउनु छ : वरिष्ठ उपसभापति शर्मा

ललितपुर– नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले कांग्रेसका साथै देशलाई

चर्को गर्मी, कठिन छायाङ्कन र विद्रोही चरित्र : नानाको अन्तिम फिल्मको कथा

काठमाडौं– बलिउडमा आफ्नो दमदार अभिनय र फरक चरित्रका कारण परिचित

प्रतिकूल मौसमले दोलखाका धान किसान चिन्तित, भित्र्याउन चटारो

दोलखा– मुख्य बाली धान भित्र्याउने समयमै मौसम प्रतिकूल बनेपछि दोलखाका

चितवनमा खैरो हेरोइनसहित तीन जना पक्राउ

नारायणगढ –  चितवनमा ४६ ग्रामभन्दा बढी खैरो हेरोइनजस्तो देखिने लागूऔषधसहित