लाङटाङ हिमाल पदमार्गमा सरसफाइ गरिने « Khabarhub

लाङटाङ हिमाल पदमार्गमा सरसफाइ गरिने


२ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पर्यटन क्षेत्रका श्रमिकको संस्था नेपाल ट्रे र्‍याफ्टिङ, एयरलाइन्स श्रमिक युनियन (युनिट्राभ)ले लाङटाङ हिमालको आधार शिविर र पदमार्गको सरसफाइ गर्ने भएको छ ।

युनिट्राभले आज पत्रकार सम्मेलन गरी पदमार्ग क्षेत्रमा कार्यरत १७ श्रमिकको प्रत्यक्ष सहभागितामा लाङटाङ हिमाल क्षेत्रका पदमार्ग र आधार शिविर क्षेत्रमा सरसफाइ गर्ने जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा युनिट्राभका अध्यक्ष सुमनप्रसाद पराजुलीले ‘हिमाल बचाऔँ, जलवायु परिवर्तनको असर कम गरौँ’ अभियानका साथ यही जेठ ४ गतेदेखि १६ गतेसम्म लाङटाङ हिमालको आधार शिविर र पदमार्गमा सरसफाइ गर्न लागिएको जानकारी दिए ।

“जलवायु परिवर्तनको असर कम गरौँ, हिमाललाई बचाइ राखौँ र मानव जीवनलाई बचाइ राखौँ उद्देश्यका साथ सरसफाइ अभियान गर्न लागेका हौँ”, अध्यक्ष पराजुलीले भने । नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) र युनिट्राभ तथा नेदरल्यान्डको सहयात्री ट्रेड युनियन एफएनभीसँगको सहकार्यमा लाङटाङ हिमाल जाने पदमार्ग र हिमालको आधार शिविरसम्म सरसफाइ गर्न लागिएको हो ।

पर्वतीय पर्यटन क्षेत्रमा कार्यरत श्रमिकको हक, अधिकारसहित मर्यादित काम र ज्यालाको विषयमा २०४० सालमा स्थापना भएको युनिट्राभले यसअघि सगरमाथा, अमादब्लम, मेरा पिक, मनास्लु, लाङटाङ, अन्नपूर्ण, धौलागिरि, गौरीशङ्करलगायतका हिमालका आधार शिविर तथा पदमार्गमा सरसफाइ गरिसकेको छ ।

‘स्वच्छ हावापानी, स्वच्छ जीवन, हाम्रो अधिकार’ नारासहित यसअघि त्रिशूली, भोटेकोशी, फेवाताल, शालीनदी, बागमतीलगायत नदीमा सरसफाइ गरिसकेको अध्यक्ष पराजुलीले बताए ।

प्रकाशित मिति : २ जेठ २०८१, बुधबार  ९ : ०९ बजे

चीनद्वारा इरानी सर्वोच्च नेता खामेनीको हत्याको निन्दा, सैन्य कारबाही तत्काल रोक्न आग्रह

बेइजिङ – अमेरिका र इजरायलले इरानमा गरेको आक्रमणमा इरानी सर्वोच्च

आचारसंहिता पालनामा मानवअधिकार आयोगले उठायो गम्भीर

काठमाडौं – राष्ट्रिय मानवअधिकार आयोगले ४२ जिल्लाको स्थलगत अनुगमनका आधारमा

देशभरका छ हजार ७४३ वडामा दिइयो मतदाता शिक्षा

काठमाडौं – आमनागरिकलाई मताधिकारको महत्त्व र मतदान प्रक्रियाबारे जानकारी दिने

मध्यपूर्वका १२ राष्ट्रलाई दिँदै आएको श्रम स्वीकृति स्थगन

काठमाडौँ – काठमाडौं । नेपाल सरकारले मध्यपूर्वका १२ राष्ट्रमा वैदेशिक

मध्यपूर्वमा अलपत्र नेपालीलाई सरकारले त्यही सुरक्षा दिएर राख्ने

काठमाडौं – सरकारले मध्यपूर्वका विभिन्न देशका विमानस्थलमा पुगेर अलपत्र परेका