आज मदन-आश्रित स्मृति दिवस « Khabarhub

आज मदन-आश्रित स्मृति दिवस


३ जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बिहीबार मदन आश्रित स्मृति दिवस विभिन्न कार्यक्रम गरेर मनाइदै छ। २०५० जेठ ३ गते दासढुंगा, चितवनमा रहस्यमय जिप दुर्घटना हुँदा नेकपा (एमाले)का तत्कालीन महासचिव मदन भण्डारी तथा संगठन विभाग प्रमुख जीवराज आश्रितको निधन भएको थियो।

दुवै नेताको निधन भएको दिनको सम्झनामा जेठ ३ गते ‘मदन-आश्रित स्मृति दिवस’ मनाइन्छ। मुख्यतः नेकपा एमाले पार्टीको केन्द्रीय कार्यालय र मातहातका कमिटीसहित तीनका भातृ संगठनले विभिन्न कार्यक्रम गरी मदन-आश्रितको सम्झनामा विभिन्न कार्यक्रम गर्दै आएका छन्।

‘बन्दुकको नालबाट मात्रै सत्ता कब्जा हुन्छ’ भन्ने परम्परागत कम्युनिस्ट मान्यतालाई चिर्दै ‘जनताको मतद्वारा नै सत्ता कब्जा हुन्छ’ भन्ने मान्यताका साथ ‘जनताको बहुदलीय जनवाद’ (जबज) सिद्धान्तका प्रतिपादक नेताको रुपमा मदन भण्डारीलाई कम्युनिस्ट आन्दोलनको इतिहासमा सम्झिन्छ।

सो सिद्धान्त प्रतिवादन गरेपछि भण्डारीलाई पुँजीवादी मुलुकका मिडियाले जीवित ‘कार्ल मार्क्स’भनेर संसारभर चिनाउने प्रयास गरेका थिए।

उनको सिद्धान्तपछि विश्वभरिका कम्युनिस्ट ‘बुलेट’ बाट होइन, ‘ब्यालेट’ वाट श्रमजीवि वर्गको सत्ता स्थापनाका लागि लाग्नुपर्छ भनेर प्रेरित हुन पुगेको राजनीतिक विश्लेषकले बताउँदै आएका छन्।

भण्डारीको दुर्घटना भएको निधन भने ३१ वर्षसम्म पनि रहस्यमय नै छ। उहाँकी धर्मपत्नी विद्यादेवी भण्डारी गणतन्त्र नेपालको पहिलो महिला राष्ट्रपति बन्नुहुँदासमेत यो विषय अनुसन्धान गर्नुपर्ने चर्चा भए पनि अनुसन्धान हुन सकेन। भण्डारी दुई कार्यकाल राष्ट्रपति बन्दा धेरैले यो विषयको अनुसन्धानका लागि पहल गर्नुपर्ने बताए पनि त्यो भएन।

कार दुर्घटनाको जीवित प्रमाण मानिएका चालक अमर लामाकोसमेत हत्या भइसकेकाले यो दुर्घटना अझ रहस्यमय बनेको छ।

प्रकाशित मिति : ३ जेठ २०८१, बिहीबार  ६ : ५६ बजे

खगेन्द्रको विषयमा रास्वपा सती जान सक्दैन : लिमा अधिकारी

राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित भएका सांसद खगेन्द्र सुनुवार यतिखेर गम्भीर

भारतमा प्रदर्शन : ३० भन्दा बढी पत्रकार पक्राउ, प्रेस स्वतन्त्रतामाथि प्रश्न

काठमाडौँ – भारतको राजधानी नयाँ दिल्लीमा मतदाता नामावली संशोधनविरुद्ध भएको प्रदर्शनको

काठमाडौँमा लुकिछिपी बसिरहेका १० विदेशी नागरिक पक्राउ

काठमाडौँ– अवैधरूपमा नेपाल प्रवेश गरी काठमाडौँका विभिन्न स्थानमा लुकिछिपी बसिरहेका

गृहमन्त्री गुरुङ र भारतीय विदेशमन्त्री जयशंकरबीच भेट

काठमाडौं – भारत भ्रमण सम्पन्न गरी स्वदेश फर्कने क्रममा गृहमन्त्री सुधन गुरुङ