रविको चित्कार- ‘एक पटक बोल्न पाउँ’ « Khabarhub

रविको चित्कार- ‘एक पटक बोल्न पाउँ’


३ जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणमा नेपाली कांग्रेसको मागलाई लिएर असन्तुष्टि व्यक्त गरेका छन् ।

सामाजिक सञ्जालमार्फत् लामिछानेले लेखेका छन्, ‘एक पटक बोल्न पाउनु पर्‍यो । त्यत्ति हो मागेको।’

उनले मिडियालाई पनि आरोप लगाएका छन् । उनले भनेका छन्, ‘यति घिन लाग्दो मिडिया ट्रायल?।’

यता कांग्रेसले लामिछानेमाथि संसदीय छानबिन समिति बनाउनुपर्ने माग राख्दै संघीय संसद्को दुवै सदनको बैठक अवरोध गर्दै आइरहेको छ ।  यसअिघ लामिछानेले संसद्मा बोल्न पाउनुपर्ने माग गर्दै सभामुखलाई पत्रसमेत पठाएका थिए ।

आज पनि दलहरूबीच सहमति जुट्न सकेको छैन । सहमति नजुट्दा ४ बजेका लागि बोलाइएको प्रतिनिधि सभा बैठक अझै सञ्चालन हुन सकेको छैन ।

अहिले सभामुख देवराज घिमिरे र प्रमुख दलहरूबीच छलफल जारी नै छ ।  कांग्रेसले गृहमन्त्रीले सम्बोधन गरिसकेपछि आफूहरूले बोल्न पाउनुपर्ने अडान राखेको छ । जसमा सत्ता पक्ष र प्रतिपक्षीबीच सहमति जुट्न सकिरहेको छैन  ।

प्रकाशित मिति : ३ जेठ २०८१, बिहीबार  ४ : ५८ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना