रविको चित्कार- ‘एक पटक बोल्न पाउँ’ « Khabarhub

रविको चित्कार- ‘एक पटक बोल्न पाउँ’


३ जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणमा नेपाली कांग्रेसको मागलाई लिएर असन्तुष्टि व्यक्त गरेका छन् ।

सामाजिक सञ्जालमार्फत् लामिछानेले लेखेका छन्, ‘एक पटक बोल्न पाउनु पर्‍यो । त्यत्ति हो मागेको।’

उनले मिडियालाई पनि आरोप लगाएका छन् । उनले भनेका छन्, ‘यति घिन लाग्दो मिडिया ट्रायल?।’

यता कांग्रेसले लामिछानेमाथि संसदीय छानबिन समिति बनाउनुपर्ने माग राख्दै संघीय संसद्को दुवै सदनको बैठक अवरोध गर्दै आइरहेको छ ।  यसअिघ लामिछानेले संसद्मा बोल्न पाउनुपर्ने माग गर्दै सभामुखलाई पत्रसमेत पठाएका थिए ।

आज पनि दलहरूबीच सहमति जुट्न सकेको छैन । सहमति नजुट्दा ४ बजेका लागि बोलाइएको प्रतिनिधि सभा बैठक अझै सञ्चालन हुन सकेको छैन ।

अहिले सभामुख देवराज घिमिरे र प्रमुख दलहरूबीच छलफल जारी नै छ ।  कांग्रेसले गृहमन्त्रीले सम्बोधन गरिसकेपछि आफूहरूले बोल्न पाउनुपर्ने अडान राखेको छ । जसमा सत्ता पक्ष र प्रतिपक्षीबीच सहमति जुट्न सकिरहेको छैन  ।

प्रकाशित मिति : ३ जेठ २०८१, बिहीबार  ४ : ५८ बजे

महासंघको यातायात तथा पारवहन समिति उपसभापतिमा मेघराज पौडेल मनोनीत

काठमाडौं– अटोमोबाइल व्यवसायमा लामो समयदेखि सक्रिय मेघराज पौडेललाई नेपाल उद्योग वाणिज्य

ऊर्जाका आयोजनाको निर्माणमा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तालाई कारबाही गर्छौं : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले जलविद्युत तथा ऊर्जाका निर्माणाधीन

 कम्पनी दर्तासम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं– स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु), नेपाल ल क्याम्पसको आयोजनामा ‘कम्पनी

अविरल वर्षाका कारण देशका दर्जनौँ सडक अवरुद्ध, कहाँको अवस्था कस्तो छ ?

काठमाडौं– बिहीबारदेखि परेको अविरल वर्षाका कारण देशभरीका दर्जनौं सडक अवरुद्ध

एनपीएलको जोश बढाउँदै एक्सट्रीम : ७ टोली, ७ गेट

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ सुरु हुनुअघि नै एक्सट्रीम