संसद्‍मा तनावपछि कांग्रेसको प्रतिक्रिया : सत्तापक्षको जबरजस्ती रोक्न खोजेका हौँ « Khabarhub

संसद्‍मा तनावपछि कांग्रेसको प्रतिक्रिया : सत्तापक्षको जबरजस्ती रोक्न खोजेका हौँ


३ जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–प्रतिनिधि सभाको बिहीबार बसेको बैठकमा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच हाल हालाहाल को अवस्था उत्पन्न भएको छ ।

सभामुख देवराज घिमिरले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई बोल्न समय दिएपछि कांग्रेस सांसदहरू आक्रोशित भएका थिए ।

त्यही आक्रोशका क्रममा नारा लगाइरहेका उपसभापति गुरुङ र आशनबाट उठेका एमाले अध्यक्ष ओलीबीच हात हालाहालको अवस्था आएको हो ।

तर तनावबीच बैठक स्थगित भइसकेपछि कांग्रेस संसद् बद्री पाण्डेले आफूहरूले अवरोध गर्दा गर्दै सभामुख देवराज घिमिरले गृहमन्त्री लामिछानेलाई बोल्न दिएकाले रोक्न खोज्दा तनाव भएको बताए ।

उनले सत्ता पक्षका सांसदहरू आफूहरूमाथि खनिएको जिकिर पनि गरे । उनले खबरहबसँग भने, ‘जबरजस्ती गरेपछि रोक्न खोजेका हौँ । तर सत्ता पक्षका सांसदहरू हामीमाथि खनिनु भयो ।’

प्रकाशित मिति : ३ जेठ २०८१, बिहीबार  ६ : २८ बजे

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ

खारेज भए यी दल

काठमाडौं- निर्वाचन आयोगले ६ वटा राजनीतिक दलको दर्ता खारेज गरेको