बस दुर्घटनामा घाइते भएका सहचालकको मृत्यु « Khabarhub

बस दुर्घटनामा घाइते भएका सहचालकको मृत्यु


३ जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


255
Shares
  • change font
  • change font
  • change font

गुल्मी – गुल्मीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अन्य १२ जना घाइते भएका छन् ।

बिहीबार पोखराबाट गुल्मी तम्घास आउँदै गरेको लु १ ख ८१७५ नम्बरकोबस रिडीमा दुर्घटना हुँदा बसका सहचालक ४० वर्षीय युवराज कुँवरको मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका कुँवरको उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार बस रुरुक्षेत्र गाउँपालिका –१, मक्वादिस्थित रिडि–तम्घास पक्की सडक खण्डमा दुर्घटना भएको थियो । दुर्घटना के कारणले भयो भन्ने खुल्न सकेको छैन ।

घाइतेमध्ये एक जनाको रुरु प्राथमिक स्वास्थ्य केन्द्र रिडीमा उपचार भइरहेको छ । भने १२ जनालाई उपचारको लागि लुम्बिनी मेडिकल कलेज प्रभासमा पठाइएको प्रहरीले बताएको छ ।

 

 

प्रकाशित मिति : ३ जेठ २०८१, बिहीबार  १० : ५७ बजे

अलैँचीको मूल्य प्रतिमन ८४ हजार

ताप्लेजुङ– ताप्लेजुङमा नयाँ अलैँचीको कारोबार सुरु भएको छ । प्रतिमन

रियाद विमानस्थलमा यात्रा नगर्न अस्ट्रेलियाद्वारा आफ्ना नागरिकलाई आग्रह

एजेन्सी- साउदी अरबमा सुरक्षा जोखिम बढेको भन्दै अस्ट्रेलिया सरकारले आफ्ना नागरिकलाई

एमाले केन्द्रीय कमिटी सदस्यले लिए शपथ

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटीमा मनोनीतहरूलाई

मौलिक संस्कृति जोगाउन मातृशक्तिको भूमिका महत्त्वपूर्ण : शंकर पोखरेल

तुलसीपुर- नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले मौलिक संस्कृति र सामाजिक

देश दुःखमा पर्दा हामीलाई पनि आँसु आउँछ: गौतम दाहाल

काठमाडौँ – नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा सहभागी हुन अमेरिकाबाट