प्रधानमन्त्रीले छलफलका लागि बोलाए कांग्रेसलाई « Khabarhub

प्रधानमन्त्रीले छलफलका लागि बोलाए कांग्रेसलाई


४ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलाई छलफलका लागि बोलाएका छन् । 

संसद्‌मा जारी गतिरोध अन्त्यको प्रयास स्वरुप उनले संसद्‌मा आन्दोलनरत प्रतिपक्षी कांग्रेसलाई छलफलका लागि बोलाएका हुन् । 

प्रधानमन्त्री प्रचण्डले शुक्रबार बेलुकी ६ बजेका लागि बालुवाटारमा बोलाएको कांग्रेसका एक पदाधिकारीले जानकारी दिए ।
कांग्रेस प्रमुख सचेतक रमेश लेखकले पनि प्रधानमन्त्रीले छलफलका लागि बोलाएको पुष्टि गरे । 

‘छलफलका लागि प्रधानमन्त्रीले बोलाउनुभएको भन्ने कुरा सुन्नमा आएको छ,’ उनले खबरहबसँग भने ।

यसअघि कांग्रेसले बोलाएको प्रतिपक्षी दलहरूको संयुक्त बैठकले सहकारी ठगी प्रकरणमा संलग्न भनिएका गृहमन्त्री रवि लामिछानेमाथि छानबिनका लागि संसदीय समिति गठन गरिनुपर्ने निष्कर्ष निकालेका थिए ।

प्रकाशित मिति : ४ जेठ २०८१, शुक्रबार  १ : ३३ बजे

कांग्रेस देउवा पक्षको १५औँ महाधिवेशन प्रक्रिया सुरु, आज वडा अधिवेशन

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षीय कांग्रेसको १५औँ महाधिवेशन

लामिन यामल भन्छन्- मेसी विश्वकै सर्वोत्कृष्ट फुटबलर हुन्

काठमाडौँ – बार्सिलोनाका युवा स्टार स्ट्राइकर लामिन यामलले अर्जेन्टिनी कप्तान

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सार्वजनिक सवारीमा अग्निनियन्त्रक यन्त्र अनिवार्य : रुट परमिटमा पनि कडाइ

काठमाडौँ – काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले यात्रुवाहक सार्वजनिक सवारीसाधनलाई

बाढी पीडितको बिलौना: “दिनभर हिलो पन्छाउँछौँ, राति सुत्न घर छैन”

म्याग्दी – बेनी नगरपालिका–१ आनन्दबगरका रुद्रबहादुर थापा लत्ताकपडा, भाँडाकुँडा र