आर्थिक गतिविधि सुस्तताका कारण निष्क्रिय कर्जा बढेको हो : राष्ट्र बैंक  « Khabarhub

आर्थिक गतिविधि सुस्तताका कारण निष्क्रिय कर्जा बढेको हो : राष्ट्र बैंक 


४ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल राष्ट्र बैंकले आर्थिक गतिविधि सुस्तताका कारण निष्क्रिय कर्जा बढेको बताएको छ । शुक्रबार चालु आर्थिक वर्षको तेस्रो मौद्रिक नीतिको समीक्षा गर्दै राष्ट्र बैंकले यस्तो बताएको हो ।

‘आर्थिक गतिविधिमा देखिएको सुस्तताको कारण बैंकिङ प्रणालीमा कर्जा असुली प्रभावित भई निष्क्रिय कर्जा अनुपात केही बढेको छ’, बैंकले मौद्रिक नीतिको समीक्षामा भनेको छ, ‘२०८० चैतमा बैंक तथा वित्तीय संस्थाहरूको औसत निष्क्रिय कर्जा कुल कर्जाको ३.९८ प्रतिशत पुगेको छ ।’

यसैबीच, पछिल्लो समय केही ठूला बचत तथा ऋण सहकारी संस्थाहरू समस्याग्रस्त हुँदा औपचारिक वित्तीय मध्यस्थतामा पनि प्रभाव परिरहेको राष्ट्र बैंकको आंकलन छ ।

तथापि, बैंकिङ प्रणालीको खुद निष्क्रिय कर्जा न्यून रहेको, खुद तरल सम्पत्ति नियामकीय व्यवस्थाभन्दा उच्च रहेको, समग्रमा पुँजी पर्याप्तता कायम रहेको एवम् पछिल्लो समय लागू गरिएका सुधारका कार्यक्रमहरूको फलस्वरुप वित्तीय क्षेत्र स्थायित्व सबल रहेको राष्ट्र बैंकको भनाइ छ ।

ब्याजदर घट्दै गएको र पर्यटक आगमन बढिरहेका अवस्थामा राजनैतिक स्थिरता सहित तीनै तहका सरकारको पुँजीगत खर्च बढेमा आर्थिक गतिविधिहरूमा सुधार भई कर्जा माग बढ्ने एवम् कर्जा असुलीमा समेत सुधार आउँदै जाने राष्ट्र बैंकको अपेक्षा छ ।

याे पनि …

चालु आर्थिक वर्षमा सेवा क्षेत्र ४.५ प्रतिशतले वृद्धि हुने

उत्पादन र निर्माण क्षेत्रको अवस्था ऋणात्मक हुन्छ : राष्ट्र बैंक

राष्ट्र बैंकको मौद्रिक नीति समीक्षा : सवारी साधनको जोखिम भार घट्यो

मौद्रिक नीतिको समीक्षाप्रति शेयर लगानीकर्ताको धारणा : ‘कागलाई बेल पाक्यो, हर्ष न बिस्मात’ 

प्रकाशित मिति : ४ जेठ २०८१, शुक्रबार  ४ : ०७ बजे

प्रतिनिधिसभा निर्वाचनका लागि राष्ट्रिय मुक्ति पार्टीद्वारा काठमाडौंबाट उम्मेदवार सिफारिस

काठमाडौँ– आगामी प्रतिनिधिसभा निर्वाचनका लागि राष्ट्रिय मुक्ति पार्टी नेपाल, काठमाडौँ

बिरामीलाई महँगा अस्पताल लैजाने एम्बुलेन्स चालकलाई कारबाही गर्ने मन्त्रालयको चेतावनी 

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आर्थिक प्रलोभनमा पारी बिरामीलाई महँगा

रुग्ण ठेक्का रद्द गरेर अलपत्र आयोजनालाई गति दिँदै मन्त्रालय

काठमाडौं– भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले १०० दिनको अवधिमा

ओखलढुङ्गामा विद्यालय भवनको शिलान्यास, भारतको ४ करोड आर्थिक सहयोग

काठमाडौं– ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–५ स्थित राज्यलक्ष्मी माध्यमिक विद्यालयका लागि नयाँ

कस्मेटिका २०२५ : नेपालमा पहिलो ठूलो सौन्दर्य, वेलनेस र कस्मेटिक्स एक्स्पो

काठमाडौं– नेपालमा पहिलो पटक आयोजित कस्मेटिक, सौन्दर्य र वेलनेस सम्बन्धी