कोशी सरकार विस्तार : मन्त्रिमण्डल अब १० सदस्यीय, आर्थिक मामिला एमालेले राख्यो « Khabarhub

कोशी सरकार विस्तार : मन्त्रिमण्डल अब १० सदस्यीय, आर्थिक मामिला एमालेले राख्यो


४ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । अब कोशीको मन्त्रिपरिषद्  १० सदस्यीय भएको छ ।

अब एमालेबाट मुख्यमन्त्रीसहित ६ जना र माओवादीबाट ४ जना सहभागी हुने पक्का भएको छ ।

अब एमालेबाट मुख्यमन्त्री हिक्मतकुमार कार्कीको नेतृत्वमा इलामका रामबहादुर मगर, झापाका एकराज कार्की, खोटाङका पाँचकर्ण राई र मोरङका लीलाबल्लभ अधिकारी मन्त्री हुँदैछन् ।

उनीहरुमा मगर गत वैशाख २७ गते मुख्यमन्त्री कार्कीसँगै मन्त्री भइसकेका छन् । कार्की, राई र अधिकारीसहित राज्यमन्त्रीमा भोजपुरकी सिर्जना राईलाई शुक्रबारै नियुक्त गरिँदैछ । उनीहरूको शपथ पनि आजै हुँदैछ ।

माओवादी केन्द्रबाट यसअघि नै वैशाख २७ मै मोरङका गणेशप्रसाद उप्रेती मन्त्री भइसकेका छन् ।

अब माओवादीबाट उदयपुरका नारायणबहादुर बुर्जा मगर र संखुवासभाका राजेन्द्रकुमार कार्की मन्त्री हुँदैछन् ।

झापाकी बन्दना झाँगड राज्यमन्त्री बन्ने भएकी छन् । नवनियुक्त मन्त्रीहरुको शपथ केहीबेरमा हुँदै छ ।

कोशी सरकारको कार्यविभाजन

१) मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, कृषि, उद्योग तथा सहकारी मन्त्रालय : हिक्मतकुमार कार्की
२) आर्थिक मामिला तथा योजना मन्त्रालय : रामबहादुर मगर
३) स्वास्थ्य मन्त्रालय : राजेन्द्र कार्की
४) सामाजिक विकास मन्त्रालय : पाँचकर्ण राई
५) ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालय : एकराज कार्की
६) भौतिक पूर्वाधार विकास मन्त्रालय : गणेश उप्रेती
७) पर्यटन, वन तथा वातावरण मन्त्रालय : नारायणबहादुर बुर्जा मगर
८) आन्तरिक मामिला तथा कानुन मन्त्रालय : लिलाबल्लभ अधिकारी
९) सृजना राई : राज्यमन्त्री
११) बन्दना झाँगड : राज्यमन्त्री

प्रकाशित मिति : ४ जेठ २०८१, शुक्रबार  ४ : २४ बजे

क्यानाडाली वस्तुमा ट्रम्पको थप शुल्क, व्यापार विवाद चर्किँदै

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडासँगको व्यापार विवाद थप चर्काउँदै

रसुवा बाढीको आर्थिक प्रभाव अध्ययन गर्न उपसमिति गठन

काठमाडौं- प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिले रसुवामा आएको बाढीले अर्थतन्त्रमा पारेको प्रभाव र

प्रधानमन्त्री बालेनले तीनै सुरक्षा निकायका प्रमुखसँग छलफल गर्दै, प्रधानसेनापतिलाई भेटे 

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले देशका तीनवटै सुरक्षा निकायका प्रमुखसँग उच्चस्तरीय

झापा र कैलालीमा जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान

काठमाडौं – जापानिज इन्सेफ्लाइटिस (जेई) संक्रमणका कारण बिरामी हुने र मृत्यु हुने क्रम बढेपछि

काभ्रेका बाढीपीडितको समस्या सरकारी अल्झनमै

बनेपा– काभ्रेका बाढीपीडितको समस्या सरकारी प्रक्रियाकै अल्झनमा बेरिएपछि उनीहरु बाढीपहिरोले