कोशी सरकार विस्तार : मन्त्रिमण्डल अब १० सदस्यीय, आर्थिक मामिला एमालेले राख्यो | Khabarhub Khabarhub

कोशी सरकार विस्तार : मन्त्रिमण्डल अब १० सदस्यीय, आर्थिक मामिला एमालेले राख्यो


४ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । अब कोशीको मन्त्रिपरिषद्  १० सदस्यीय भएको छ ।

अब एमालेबाट मुख्यमन्त्रीसहित ६ जना र माओवादीबाट ४ जना सहभागी हुने पक्का भएको छ ।

अब एमालेबाट मुख्यमन्त्री हिक्मतकुमार कार्कीको नेतृत्वमा इलामका रामबहादुर मगर, झापाका एकराज कार्की, खोटाङका पाँचकर्ण राई र मोरङका लीलाबल्लभ अधिकारी मन्त्री हुँदैछन् ।

उनीहरुमा मगर गत वैशाख २७ गते मुख्यमन्त्री कार्कीसँगै मन्त्री भइसकेका छन् । कार्की, राई र अधिकारीसहित राज्यमन्त्रीमा भोजपुरकी सिर्जना राईलाई शुक्रबारै नियुक्त गरिँदैछ । उनीहरूको शपथ पनि आजै हुँदैछ ।

माओवादी केन्द्रबाट यसअघि नै वैशाख २७ मै मोरङका गणेशप्रसाद उप्रेती मन्त्री भइसकेका छन् ।

अब माओवादीबाट उदयपुरका नारायणबहादुर बुर्जा मगर र संखुवासभाका राजेन्द्रकुमार कार्की मन्त्री हुँदैछन् ।

झापाकी बन्दना झाँगड राज्यमन्त्री बन्ने भएकी छन् । नवनियुक्त मन्त्रीहरुको शपथ केहीबेरमा हुँदै छ ।

कोशी सरकारको कार्यविभाजन

१) मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, कृषि, उद्योग तथा सहकारी मन्त्रालय : हिक्मतकुमार कार्की
२) आर्थिक मामिला तथा योजना मन्त्रालय : रामबहादुर मगर
३) स्वास्थ्य मन्त्रालय : राजेन्द्र कार्की
४) सामाजिक विकास मन्त्रालय : पाँचकर्ण राई
५) ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालय : एकराज कार्की
६) भौतिक पूर्वाधार विकास मन्त्रालय : गणेश उप्रेती
७) पर्यटन, वन तथा वातावरण मन्त्रालय : नारायणबहादुर बुर्जा मगर
८) आन्तरिक मामिला तथा कानुन मन्त्रालय : लिलाबल्लभ अधिकारी
९) सृजना राई : राज्यमन्त्री
११) बन्दना झाँगड : राज्यमन्त्री

प्रकाशित मिति : ४ जेठ २०८१, शुक्रबार  ४ : २४ बजे

अभ्यास खेलमा दीपेन्द्र र भीमको शतकमा नेपाल १२४ रनले विजयी

काठमाडौं – आईसीसी विश्वकप लिग-२ को अभ्यासका लागि युके पुगेको

भाइ टोनी र बहिनी नेहासँग सम्बन्ध अन्त्यको घोषणा गरेको एक महिनामै सँगै देखिइन् सोनु !

काठमाडौं- भारतीय गायिका सोनु कक्कडले गत अप्रिलमा सामाजिक सञ्जालमा परिवारसँग

बाटो निर्माण ढिलाइसम्बन्धी महानगर प्रमुखलाई ध्यानाकर्षण

गण्डकी– लेखनाथ उद्योग वाणिज्य सङ्घले पोखरा महानगरपालिका– २७, ३० र

पर्सामा अवैध चोरी तस्करी रोक्न ‘सिसी क्यामेरा’ जडान

वीरगञ्ज– अवैध चोरी निकासी तथा पैठारी नियन्त्रण गर्न वीरगञ्जका विभिन्न

अफ्रिकन स्वाइन फिभरका कारण ३६ बङ्गुर मरे

सुनसरी– सुनसरीको बराहक्षेत्र नगरपालिकामा अफ्रिकन स्वाइन फिभरको सङ्क्रमणका कारण ३६