सञ्चालकले नियम उल्लंघन गर्दा सहकारीमा समस्या सिर्जना भयो : मुख्यमन्त्री अधिकारी « Khabarhub

सञ्चालकले नियम उल्लंघन गर्दा सहकारीमा समस्या सिर्जना भयो : मुख्यमन्त्री अधिकारी


४ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

गण्डकी– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै कारण सहकारी अभियान जोखिममा परेको बताएका छन् ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ (नेफ्स्कुन)को आयोजना तथा सहकारी विभागको साझेदारीमा पोखरामा आज आयोजित ‘साकोस जोखिम विश्लेषण कार्यशालाको शुभारम्भ समारोहमा उनले सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा  सहकारी क्षेत्रमा समस्या सिर्जना भएको हो भनिन्।

नियमक निकायले चेतावनी दिने, प्रोत्साहन गर्ने काम नगरी सहकारी अभियान्तामाथि दोष थुपारेर मात्र समस्याको समाधान नहुने जनाउँदै मुख्यमन्त्री अधिकारीले सहकारी अभियान समाप्त भयो भने आर्थिक संकट पर्न सक्छ भने ।

उनले भने, ‘सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न सबैले ध्यान  पुर्‍याउनुपर्छ । सेयर सदस्यले समेत सहकारीको विषयमा चासो राख्नुपर्छ । रोजगारी सिर्जना गर्ने खालका काम संस्थाले गरेको छ/छैन भन्नेमा सेयर सदस्यको चासो हुनुपर्छ ।’

सहकारीको जोखिम स्तर विश्लेषण गर्न सक्ने बनाउने लक्ष्यका साथ आयोजना भएको कार्यशालामा ३२ संस्थाको प्रतिनिधित्व रहेको नेफ्स्कुनका अध्यक्ष चन्द्रप्रसाद ढकालले जानकारी दिए ।

विसं २०४५ मा स्थापना भएको नेफ्स्कुन ७६ जिल्लामा फैलिएको छ । यसका चार हजार छ सय ५० जना प्रत्यक्ष सदस्य रहेका छन् ।

प्रकाशित मिति : ४ जेठ २०८१, शुक्रबार  ६ : ३१ बजे

कांग्रेसको १५औँ महाधिवेशन : केन्द्रीय प्रतिनिधिलाई अभिमुखीकरण

काठमाडौं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनलाई लक्षित गर्दै निर्वाचन क्षेत्रमा

अफगानिस्तानमा वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ६१ पुग्यो, १ सय १६ जना घाइते

काठमाडौं- अफगानिस्तानमा वर्षाका भएका विभिन्न घटनामा मृत्यु हुनेको सङ्ख्या ६१

स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन निर्देशन

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निजी मेडिकल तथा डेन्टल कलेज

यूएईमा घाइते भएकामध्ये छ नेपाली डिस्चार्ज, एकको अवस्था खतरामुक्त

काठमाडौं- यूएईको राजधानी अबु धाबीस्थित नेपाली राजदूतावासले शुक्रबारको घटनामा घाइते

मतदाता नामावली भोलिदेखि संकलन गरिँदै

काठमाडौं– निर्वाचन आयोगले मतदाता नामावली संकलन तथा अद्यावधिक कार्यक्रम भोलि