मुटुरोग विशेषज्ञ स्मृति अब गायिका पनि, ल्याइन् म्युजिक भिडियो « Khabarhub

मुटुरोग विशेषज्ञ स्मृति अब गायिका पनि, ल्याइन् म्युजिक भिडियो


४ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरकी उपप्राध्यापक डाक्टर स्मृति शाक्य संगीत सिर्जनामा पनि क्रियाशील छिन् ।

मुटुरोग विशेषज्ञ डा.स्मृतिले हजारौँ हृदय रोगीहरूको सफल उपचार गरिसकेकी छन् । चिकित्सा पेशामा अब्बल स्मृतिले गायिकाको पनि परिचय बनाएकी छन् ।

शाक्यले पछिल्लो पटक ‘मैले माया लाएको धोका दिन होइन, मैले प्रीति गाँसेको दुःख दिन होइन’ बोलको गीत र म्युजिक भिडियो बजारमा ल्याएकी छन् ।

युट्युबमा सार्वजनिक गरिएको उक्त गीतमा एकल संगीतका चार वटा एल्बम बजारमा ल्याइसकेका पूर्वप्रदेशमन्त्री डाक्टर अजयक्रान्ति शाक्यको शव्द छ ।

चिकित्सक शाक्यले गाएको गीतमा संगीत पनि पूर्वमन्त्री शाक्यकै छ । म्युजिक भिडियोको छायांकन देवकुमार श्रेष्ठको निर्देशनमा भएको हो ।

म्युजिक भिडियोका सबै दृष्य काठमाडौं र ललितपुरमा छायाङ्कन गरिएको छ ।

म्युजिक भिडियोमा नायक आकाश श्रेष्ठ र नायिका करुणा श्रेष्ठ फिचरिङ छन् । म्युजिक भिडियोमा चिकित्सक शाक्यको पनि अभिनय देख्न सकिन्छ ।

शाक्यले यस अघि अरुणा लामा र रुद्रमणिको गायन तथा अम्बर गुरुङको संगीत रहेको गीत ‘ए–कान्छा मलाई सुनको तारा खसाइ देउन’ बोलको गीत संगीतज्ञ हरिशरण सायमीसँग ‘शीर्ष गीत’ गाएकी छन् ।

पूर्वमन्त्री शाक्यकै शव्द तथा संगीत रहेको ‘केही मिठा कुरा गरौँन, दुई कदम सँगै हिँडौन, जिन्दगीको के भरोसा, माया माया तिमी नै माया’ बोलको गीतमा चिकित्सक शाक्यकै स्वर छ। यो गीत पनि छायाङ्कनका क्रममा छ ।

प्रकाशित मिति : ४ जेठ २०८१, शुक्रबार  ६ : ५८ बजे

पार्टी बलियो बनाउन नेतृत्व फेर्न पनि तयार छु : राजेन्द्र लिङ्देन

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीलाई बलियो बनाउन

नेपालमा शंकास्पद कारोबार रिपोर्टिङ ३० प्रतिशतले बढ्यो

काठमाडौं– नेपाल राष्ट्र बैंक अन्तर्गतको वित्तीय जानकारी इकाईले आर्थिक वर्ष

सरकारद्वारा मानव बेचबिखन विरुद्धको राष्ट्रिय नीति स्वीकृत

काठमाडौं– सरकारले मानव बेचबिखन विरुद्धको राष्ट्रिय नीति स्वीकृत गरेको छ

कांग्रेसको दोस्रो पुस्ता जुर्मुराउँदा एमालेमा हलचल !

काठमाडौं- पार्टीको दोस्रो विशेष महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै महामन्त्री

उत्सर्जन कटौती सुस्त हुँदा फ्रान्सको जलवायु लक्ष्य संकटमा

एजेन्सी– फ्रान्सले सन् २०२५ मा लगातार दोस्रो वर्ष पनि हरितगृह