कांग्रेसको दाबी : समिति बनाउन प्रधानमन्त्री तयार, सत्तापक्षसँग छलफल गर्ने  | Khabarhub Khabarhub

कांग्रेसको दाबी : समिति बनाउन प्रधानमन्त्री तयार, सत्तापक्षसँग छलफल गर्ने 


५ जेठ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसले संसद्‌मा उठाएको गृहमन्त्री रवि लामिछानेमाथिको छानबिन समिति बनाउन प्रधानमन्त्री सकारात्मक भएको बताएको छ । 

कांग्रेस प्रमुख सचेतक रमेश लेखकले समिति बनाउन प्रधानमन्त्रीले सत्तापक्षका दलसँग छलफल गरेर  निर्णय दिने समेत बताए । 

बैठकपछि खबरहबसँगको टेलिफोन संवादमा लेखकले भने, बालुवाटारमा बसेको प्रधानमन्त्री प्रचण्ड र कांग्रेस शीर्ष नेताहरूको छलफल सकिएको छ । प्रधानमन्त्री संसदीय छानबिन समिति बनाउन सकारात्मक हुनुहुन्छ । उहाँले सत्तापक्षका दलसँग छलफल गर्छु र निर्णय लिन्छु भन्नु भएको छ ।’ 

प्रचण्डले ३ बजेपछि  सत्ता साझेदार दलसँग छलफल गर्ने सचिवालयको भनाइ छ । 

लेखकले अगाडि भने, ‘गृहमन्त्री मुछिएका सहकारी र अन्य सहकारीको पनि छानबिन हुनुपर्छ । तर गृहमन्त्री माथि संसदीय छानबिन बन्नुपर्छ भन्नेमा हामी पछि हटेका छैन । हटिँदैन पनि ।’ 

यसबारे कांग्रेसले अहिले पनि अनौपचारिक रूपमा छलफल गरिरहेको छ । प्रधानमन्त्रीसँग पनि दुई तीन वटा बुँदा बनाएर छलफल भएको थियो । 

कांग्रेसका नेताहरूले प्रधानमन्त्री छानबिन समिति बनाउन तयार भए पनि एमाले अध्यक्ष केपी ओली र रास्वपा सभापति तथा गृहमन्त्री लामिछाने यसमा तयार नभएको बताएको छ । 

ती नेताले भने, ‘छलफल सकारात्कमक हुन्छ । तर बीचमा कसले खेल्छ थाहा नै हुन्न ।’

वार्ता सकारात्मक, दुई-तीन वटा ड्राफ्टका विषयमा छलफल भयो स् प्रधानमन्त्री सचिवालय

प्रकाशित मिति : ५ जेठ २०८१, शनिबार  २ : ०९ बजे

‘भोजपुर प्रतिभा पुरस्कार’बाट शाक्य पुरस्कृत

भोजपुर– प्रत्येक वर्ष प्रदान गरिँदै आएको ‘भोजपुर प्रतिभा पुरस्कार’बाट टक्सार

टुङ्गोमा पुगेन हमास र इजरायलको वार्ता

दोहा – इजरायल र हमासबीच आइतबार भएको वार्ता बिना निष्कर्ष

खावाको कृषि पकेट क्षेत्रमा सुन्तलाको बिरुवा वितरण

भोजपुर– भोजपुरको टेम्केमैयुङ गाउँपालिका– ५ खावाको कृषि पकेट क्षेत्रमा सुन्तलाका

कृषि कर्जालाई सरलीकृत गर्नुपर्नेमा मन्त्री अधिकारीको जोड

काठमाडौ‌– कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले कृषि कर्जालाई सरलीकृत

जिम्बाबेविरुद्ध मल्डरको दोहोरो शतकले बलियो अवस्थामा दक्षिण अफ्रिका

काठमाडौं – विश्व च्याम्पियन दक्षिण अफ्रिकाले जिम्बाबे विरुद्धको पहिलो टेस्टमा