कांग्रेसको दाबी : समिति बनाउन प्रधानमन्त्री तयार, सत्तापक्षसँग छलफल गर्ने  « Khabarhub

कांग्रेसको दाबी : समिति बनाउन प्रधानमन्त्री तयार, सत्तापक्षसँग छलफल गर्ने 


५ जेठ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसले संसद्‌मा उठाएको गृहमन्त्री रवि लामिछानेमाथिको छानबिन समिति बनाउन प्रधानमन्त्री सकारात्मक भएको बताएको छ । 

कांग्रेस प्रमुख सचेतक रमेश लेखकले समिति बनाउन प्रधानमन्त्रीले सत्तापक्षका दलसँग छलफल गरेर  निर्णय दिने समेत बताए । 

बैठकपछि खबरहबसँगको टेलिफोन संवादमा लेखकले भने, बालुवाटारमा बसेको प्रधानमन्त्री प्रचण्ड र कांग्रेस शीर्ष नेताहरूको छलफल सकिएको छ । प्रधानमन्त्री संसदीय छानबिन समिति बनाउन सकारात्मक हुनुहुन्छ । उहाँले सत्तापक्षका दलसँग छलफल गर्छु र निर्णय लिन्छु भन्नु भएको छ ।’ 

प्रचण्डले ३ बजेपछि  सत्ता साझेदार दलसँग छलफल गर्ने सचिवालयको भनाइ छ । 

लेखकले अगाडि भने, ‘गृहमन्त्री मुछिएका सहकारी र अन्य सहकारीको पनि छानबिन हुनुपर्छ । तर गृहमन्त्री माथि संसदीय छानबिन बन्नुपर्छ भन्नेमा हामी पछि हटेका छैन । हटिँदैन पनि ।’ 

यसबारे कांग्रेसले अहिले पनि अनौपचारिक रूपमा छलफल गरिरहेको छ । प्रधानमन्त्रीसँग पनि दुई तीन वटा बुँदा बनाएर छलफल भएको थियो । 

कांग्रेसका नेताहरूले प्रधानमन्त्री छानबिन समिति बनाउन तयार भए पनि एमाले अध्यक्ष केपी ओली र रास्वपा सभापति तथा गृहमन्त्री लामिछाने यसमा तयार नभएको बताएको छ । 

ती नेताले भने, ‘छलफल सकारात्कमक हुन्छ । तर बीचमा कसले खेल्छ थाहा नै हुन्न ।’

वार्ता सकारात्मक, दुई-तीन वटा ड्राफ्टका विषयमा छलफल भयो स् प्रधानमन्त्री सचिवालय

प्रकाशित मिति : ५ जेठ २०८१, शनिबार  २ : ०९ बजे

बाढी पहिरोले म्याग्दीका साढे पाँच सय घरपरिवार प्रभावित

म्याग्दी– यही असोज ८ देखि ११ गतेसम्मको निरन्तरको झरीपछिको बाढी

सीमा क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन

झापा– सीमावर्ती क्षेत्रमा हुनसक्ने अवैध चोरी–निकासी तथा पैठारी नियन्त्रण र

दाङको विजौरी–कोठेरी सडक स्तरोन्नति गरिँदै

दाङ– दाङको विजौरीदेखि कोठरीसम्मको सडक स्तरोन्नतिको काम भइरहेको छ ।

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई भव्य र सभ्य बनाइने

कर्णाली– कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद

सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण