प्रधानमन्त्री र ओलीलाई सभामुखले सुझाव : भोलि ११ बजे अघि नै सहमतिमा पुग्नुहोस् | Khabarhub Khabarhub

प्रधानमन्त्री र ओलीलाई सभामुखले सुझाव : भोलि ११ बजे अघि नै सहमतिमा पुग्नुहोस्


५ जेठ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


351
Shares
  • change font
  • change font
  • change font

काठकाडौं– प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीलाई दिए सभामुख देवराज घिमिरेले तीन सुझाव दिएका छन् । 

आज दिउँसो तीन बजे प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख घिमिरे र नेकपा एमालेका अध्यक्ष ओलीबीच भेटघाट भएको थियो । 

त्यसपछि सभामुखले प्रधानमन्त्री तथा सत्ता साझेदार दल एमाले अध्यक्ष ओलीलाई सुझाव दिएको सभामुखको सचिवालयले बताएको छ ।  

यस्तो छन् तीन सुझाव 

-प्रमुख विपक्षी दलसँग कति चरण बसेर हुन्छ सहमति गर्नुहोस् । म निर्वाध र सौहार्द्रपूर्ण ढंगबाट संसद् सञ्चालन होस् भन्ने चाहन्छु । जति बल गरेर संसद् चलाए पनि एक क्षणमा त सहमति गर्नुपर्छ । पछि होइन, अहिल्यै सहमति गर्नुहोस् । भोलि बिहान ११ बजे अघि नै सहमतिमा पुग्नुहोस् ।

-नीति तथा कार्यक्रम पास गर्न, प्रधानमन्त्रीले विश्वासको मत लिन र बजेट प्रस्तुत गर्ने कार्य असमझदारी र अवरोधका बीच गर्दा राम्रो सन्देश जाँदैन । 

-सार्वजनिक सञ्चार माध्यममा आएजस्तो अध्यादेशबाट बजेट ल्याउने परिकल्पना संविधानले गरेको छैन । अध्यादेशबाट बजेट ल्याउने, कानून ल्याउने हो भने संसद् र जनप्रतिनिधिको महत्त्व घटेर जान्छ ।

अहिले प्रधानमन्त्रीले कांग्रेससँग बसेर सहमति गर्नका लागि छलफल गरिरहेका छन् ।  गृहमन्त्री तथा रास्वपा सभापति  रवि लामिछाने पनि सहभागी छन् । 

त्यसपछि पुनः सत्ता पक्षका नेताहरूबीचको बैठक बस्ने बताइएको छ ।

प्रकाशित मिति : ५ जेठ २०८१, शनिबार  ६ : १८ बजे

निजी विद्यालयहरूमा भदौ २४ र २५ गते शोक विदा

काठमाडौं – जेनजी आन्दोलनका क्रममा देशभरका विभिन्न स्थानमा थुप्रै युवा

प्रधानमन्त्री र गृहमन्त्रीलाई पक्राउ गरी जेल पठाउनुपर्छ : सांसद शाही

काठमाडौं – सरकारद्वारा जेनजी आन्दोलनमाथि गरिएको दमनप्रति राष्ट्रिय प्रजातन्त्र पार्टी

के प्रधानमन्त्री ओलीले राजीनामा देलान् ?

काठमाडौं – जेनजी पुस्ताको प्रदर्शन हिंसात्मक बनेपछि १९ जना प्रदर्शनकारीको

ओलीलाई भेट्न बालुवाटार पुगे देउवा

काठमाडौं – मन्त्रिपरिषद् बैठक जारी भएको बेला कांग्रेस सभापति शेरबहादुर

मन्त्रिपरिषद् बैठक : छानबिन समिति गठन गर्ने निर्णय

काठमाडौं – सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जेनजी पुस्ताले गरेको प्रदर्शनमा