प्रकृतिको संरक्षण भएमात्र मानव सुरक्षित हुन्छ : अध्यक्ष बस्नेत « Khabarhub

प्रकृतिको संरक्षण भएमात्र मानव सुरक्षित हुन्छ : अध्यक्ष बस्नेत


५ जेठ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

रौतहट –प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले प्रकृतिको संरक्षण भएमात्र मानवजीवन सुरक्षित हुने धारणा राखेका छन् ।

तराई विकास तथा सञ्चार केन्द्र नेपालद्वारा आयोजित ‘जन्मदिनलाई सत्कर्ममा जोडौँ’ अभियानअन्तर्गत आज रौतहटको चन्द्रपुर नगरपालिका—९ चेतनगर, मरधर, सिन्धुरेघारीमा भएको वृक्षारोपण कार्यक्रममा अध्यक्ष बस्नेतले त्यस्तो धारणा राखेका हुन् ।

उनले जलवायु परिवर्तनका कारण नेपालमा गम्भीर असरले परिरहेकाले यसको न्यूनीकरणका लागि सञ्चारमाध्यमले पनि सचेतनावृद्धिमा प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता औँल्याए ।

नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव गोबिन्द चौलागाइले समाजमा रहेका प्रत्येक नागरिकले आफ्नो जन्मदिनमा कम्तिमा एउटा बिरुवा रोपेर पर्यावरण जोगाउन सकारात्मक सन्देश फैलाउनुपर्ने बताए ।

उनले अभियानलाई देशका ७७ जिल्लाका सात सय ५३ स्थानीय तहमा पुर्याउन आवश्यक रहेकामा जोड दिए ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घ रौतहटका अध्यक्ष प्रेमचन्द्र झा, जन्मदिनलाई सतकर्ममा जोडौं अभियानका रौतहट संयोजक श्याम श्रेष्ठ, अग्रज पत्रकार मुकुन्द दाहाललगायत वृक्षरोपणको महत्वबारे धारणा राखेका थिए ।त्यसअवसरमा रुद्राक्ष, पिपल, चन्दन, साल, खयर, बाँसलगायत विभिन्न प्रजातिका बिरुवा रोपिएका थिए ।

प्रकाशित मिति : ५ जेठ २०८१, शनिबार  ८ : ४१ बजे

चोलेन्द्र भेट्न गएको आयोगको टोलीलाई प्रहरीले कार्यालयमै दिएन प्रवेश

काठमाडौं– हिरासतमा रहेका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई भेट्न गएको राष्ट्रिय

हर्मुज जलडमरूमध्ये खोल्ने इरानी प्रस्ताव ट्रम्पद्वारा अस्वीकृत, इरान आधिकारिक प्रतिक्रियाको पर्खाइमा

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको हर्मुज जलडमरूमध्ये खोल्ने प्रस्ताव

भक्तपुरको राष्ट्रिय प्राणी उद्यान प्रदेश सरकारले बनाउने

भक्तपुर– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले सङ्घीय सरकारबाट अनुरोध भएमा

पहिरोमा पुरिएर एक जनाको मृत्यु, तीन सय घर जलमग्न

जनकपुरधाम– मधेस प्रदेशका विभिन्न जिल्लामा तीन सयभन्दा बढी घर डुबानमा

बस्तीमा बाढी पसेपछि सामान पनि सार्न नपाई भागाभाग 

काठमाडौं– चितवनको भरतपुर महानगरपालिका-१ नारायणी नदी छेउका स्थानीयवासी सुरक्षित स्थानतर्फ