प्रकृतिको संरक्षण भएमात्र मानव सुरक्षित हुन्छ : अध्यक्ष बस्नेत | Khabarhub Khabarhub

प्रकृतिको संरक्षण भएमात्र मानव सुरक्षित हुन्छ : अध्यक्ष बस्नेत


५ जेठ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

रौतहट –प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले प्रकृतिको संरक्षण भएमात्र मानवजीवन सुरक्षित हुने धारणा राखेका छन् ।

तराई विकास तथा सञ्चार केन्द्र नेपालद्वारा आयोजित ‘जन्मदिनलाई सत्कर्ममा जोडौँ’ अभियानअन्तर्गत आज रौतहटको चन्द्रपुर नगरपालिका—९ चेतनगर, मरधर, सिन्धुरेघारीमा भएको वृक्षारोपण कार्यक्रममा अध्यक्ष बस्नेतले त्यस्तो धारणा राखेका हुन् ।

उनले जलवायु परिवर्तनका कारण नेपालमा गम्भीर असरले परिरहेकाले यसको न्यूनीकरणका लागि सञ्चारमाध्यमले पनि सचेतनावृद्धिमा प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता औँल्याए ।

नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव गोबिन्द चौलागाइले समाजमा रहेका प्रत्येक नागरिकले आफ्नो जन्मदिनमा कम्तिमा एउटा बिरुवा रोपेर पर्यावरण जोगाउन सकारात्मक सन्देश फैलाउनुपर्ने बताए ।

उनले अभियानलाई देशका ७७ जिल्लाका सात सय ५३ स्थानीय तहमा पुर्याउन आवश्यक रहेकामा जोड दिए ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घ रौतहटका अध्यक्ष प्रेमचन्द्र झा, जन्मदिनलाई सतकर्ममा जोडौं अभियानका रौतहट संयोजक श्याम श्रेष्ठ, अग्रज पत्रकार मुकुन्द दाहाललगायत वृक्षरोपणको महत्वबारे धारणा राखेका थिए ।त्यसअवसरमा रुद्राक्ष, पिपल, चन्दन, साल, खयर, बाँसलगायत विभिन्न प्रजातिका बिरुवा रोपिएका थिए ।

प्रकाशित मिति : ५ जेठ २०८१, शनिबार  ८ : ४१ बजे

अन्नपूर्ण क्षेत्रमा १० महिनामा भित्रिए दुई लाख ४६ हजार पर्यटक

गण्डकी– अन्नपूर्ण संरक्षण क्षेत्रमा गत जनवरीदेखि अक्टोबरसम्ममा दुई लाख ४६

बाँकेबाट चार महिनामा ७० सर्पको उद्धार

नेपालगञ्ज– बाँकेमा आर्थिक वर्ष २०८२-८३ को चार महिनाको अवधिमा ७०

पाकिस्तानको एक अदालतमा विस्फोट, १२ जनाको मृत्यु

एजेन्सी– पाकिस्तानको राजधानी इस्लामावादको जिल्ला अदालत बाहिर मंगलबार भएको आत्मघाती

निर्वाचन आयोगमा दर्ता हुँदै ऋषि धमला संरक्षक रहेको जनादेश पार्टी (तस्बिरहरू)

काठमाडौं– अधिवक्ता रमण कुमार कर्ण नेतृत्वको जनादेश पार्टी नेपाल गठन

ललितपुर र भक्तपुरका बालबालिकालाई ‘स्वर्ण विन्दु प्राशन’ खुवाउन सुरु

काठमाडौं– सरकारले ‘स्वर्ण विन्दु प्राशन’ (विशेष आयुर्वेदिक औषधि)आजदेखि ललितपुर र