आज २०८१ साल जेठ ६ गते आइतबारको राशिफल « Khabarhub

आज २०८१ साल जेठ ६ गते आइतबारको राशिफल


६ जेठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल जेठ ६ गते आइतबार तदनुसार सन् २०२४ मे १९ तारिख। वैशाख शुल्क पक्षको एकादशी तिथि। मोहिनी एकादशी व्रत। चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। खबरहबका लागि ज्यो.प.सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेशः

मेष : दैनिकी सामान्य छ। आम्दानी बढ्नेछ। स्वास्थ्यमा गरेको लगानी जोखिममा पर्नेछ। शिक्षामा गरेको लगानीबाट भने फाइदा हुने योग छ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट लाभ मिल्नेछ। पारिवारिक साथ मिल्नेछ।

वृष :हर्ष बढ्नेछ। सामाजिक क्षेत्रमा सेवा गर्ने अवसर मिल्नेछ। शिक्षामा सफलता प्राप्त हुनेछ। स्वास्थ्यमा गरेको लगानीबाट लाभ मिल्नेछ। परिवारमा मेलमिलाप हुनेछ। व्यापारमा उत्साह बढ्नेछ।

मिथुन : आम्दानी राम्रो हुनेछ। व्यापारमा गरेको लगानीलेभन्दा स्वास्थ्यमा गरेको लगानीले उत्साह थप्नेछ। पारिवारिक सम्बन्धमा खटपट हुनसक्छ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट भने प्रगति हुनेछ।

कर्कट :आम्दानी बढ्नेछ। व्यापार, शिक्षा र स्वास्थ्यको क्षेत्रमा गरेको लगानीबाट नाफा मिल्नेछ। पारिवारिक सम्बन्धमा खटपट हुनेछ।

सिंह : समय राम्रो छ। स्वास्थ्यमा लाभ हुनेछ। शिक्षामा सफलता मिल्नेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट नाफा मिल्नेछ। स्थिर रहदा परिवारको सहयोग मिल्नेछ।

कन्या : आज उत्साह बढ्नेछ। साथीभाइको सहयोग मिल्नेछ। लगानीको क्षेत्रमा फाइदा हुनेछ। व्यवहार गर्दा परिवारको साथ मिल्नेछ। हरेक क्षेत्रमा प्रगति हुने दिन छ।

तुला : धेरै कमाउने भन्दा पनि जोगाउने कुराले सताउन सक्छ। शिक्षा, स्वास्थ्यको क्षेत्रमा भन्दा कृषिमा गरेको लगानीबाट फाइदा मिल्नेछ। परिवारको सहयोग मिल्नेछ। सामाजिक क्षेत्रमा मन जानेछ।

वृश्चिक : दिन राम्रो छ। श्रमले उचित मूल्य पाउनेछ। शिक्षामा सफलता, स्वास्थ्यमा लाभ, वैदेशिक क्षेत्रमा गरेको लगानीबाट उन्नती हुनेछ। सोचेर मात्र लगानी गर्नु राम्रो हुन्छ। पारिवारिक सम्बन्ध सुमधुर हुनेछ।

धनु : दिन राम्रो छ। हर्ष बढ्नेछ। स्वास्थ्यमा सुधार हुनेछ। आर्थिक क्षेत्रमा नाफा हुनेछ। सामाजिक क्षेत्रमा मन जानेछ। पारिवारिक सहयोग मिल्नेछ।

मकर : खर्च बढ्ने दिन छ। ठूलो लगानी नगर्नु राम्रो हुन्छ। शत्रु बढ्नेछन्। वैदेशिक रोजगारीले भने मत शान्त हुनेछ। परिवारसँगको सम्बन्ध सुधार हुनेछ।

कुम्भ : चञ्चल मन भएकाले अस्थिर हुनेछ। धार्मिक क्षेत्रमा मन जानेछ। पारिवारिक क्षेत्रमा मेलमिलाप हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मीन : सहयोग गर्ने भन्दा खुट्टा तान्ने र कुरा काट्नेहरु बढ्नेछन्। श्रम लगानी गरेको क्षेत्रमा उन्नती हुनेछ। परिवारको साथ सहयोग मिल्नेछ। प्रेम सम्बन्धमा उत्साह बढ्नेछ।

प्रकाशित मिति : ६ जेठ २०८१, आइतबार  ५ : २४ बजे

ओली-लेखकको बन्दी प्रत्यक्षीकरण रिट हेर्दाहेर्दैमा

काठमाडौं– पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको बन्दीप्रत्यक्षीकरण निवेदनमा

भाइरल म्यानद्वय रतन र मीनविरुद्ध साइबर व्यूरोमा जाहेरी

काठमाडौं- पछिल्लो समय विवादित अभिव्यक्ति दिएर भाइरल भइरहने युट्युबर रतन

राष्ट्रियसभा उपाध्यक्षमा एमालेकी लीलाकुमारी निर्विरोध

काठमाडौं– राष्ट्रियसभा उपाध्यक्षमा नेकपा एमालेकी सांसद लीलाकुमारी भण्डारी निर्विरोध भएकी

पर्वतमा गहुँबालीको प्रजनन बीउ उत्पादन गरिँदै

पर्वत– पर्वतमा यस वर्ष देखि गहुँबालीको प्रजजन बीउका लागि गहुँखेती

अरनिको राजमार्ग : धुलिखेल–खावा सडकमा कालोपत्रे सुरु

काभ्रेपलाञ्चोक– स्तरोन्नति भइरहेको अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकस्थित धुलिखेल–खावा सडकखण्डमा आजदेखि कालोपत्रे गर्ने