भिडियोका कारण ‘ट्रोल’ भइन् मलाइका ! « Khabarhub

भिडियोका कारण ‘ट्रोल’ भइन् मलाइका !


२८ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

फिटनेसका कारण चर्चामा रहने बलिउड अभिनेत्री मलाइका अरोरा सामाजिक सञ्जालमा खुबै सक्रिय रहने गर्छिन् । उनी अक्सर जिमबाहिर रहने गर्छिन् । उनले जिम गरेका तस्वीर पनि शेयर गर्ने गर्छिन् । कति तस्वीर र भिडियो त सामाजिक सञ्जालमा भाइरल पनि भएको हुन्छ ।

अहिले भने फ्यानले उनलाई ट्रोल बनाएका छन् ।

खासमा इन्स्टाग्राममा एक पत्रकारले मलाइकाको एक भिडियो सार्वजनिक गरेका छन् । जसमा एकै दिन उनी दुईपटक देखिइन् । एकपटक उनी जिमका बाहिर देखिइन् भने अर्कोपटक डान्स क्लबका बाहिर उनलाई देखियो ।

भिडियोमा क्याप्सन दिइएको छ – मलाइका अरोरा जिमबाहिर र डान्स क्लबका बाहिर । उनको स्टामिना देखेर बुझ्न सकिन्न कि, आखिर उनी के खान्छिन् ?

यो पोस्टलाई लिएर सामाजिक सञ्जालमा मिडिया युजर्सले मलाइकालाई ट्रोल बनाएका छन् । एक युजरले लेखे, बलिउडका सबै कलाकार हरेक दिन जिम जान्छन्, तर फोटोमा किन मलाइका मात्र देखिन्छिन्?

अर्का एक प्रयोगकर्ताले भिडियो पोस्ट गर्नेलाई लेखेका छन्, ‘म बताऊँ? ऊ के खान्छिन् हैन, बस तपाईंलाई पैसा खुवाऊँछिन् ।’

मलाइका पछिल्लो समय आफ्ना ब्यायफ्रेन्ड अर्जुन कपूरसँग रोमान्स गरिरहेकी छिन् । यही कारणले पनि उनी बारम्बार चर्चामा रहन्छिन् ।

प्रकाशित मिति : २८ श्रावण २०७६, मंगलबार  ९ : ५७ बजे

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भ्रमणका लागि भारत प्रस्थान

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने औपचारिक भ्रमणका लागि

जापान र एसियन गेम्सका लागि भारतको टी-२० टोली घोषणा, श्रेयस अय्यर कप्तान

काठमाडौँ – जापानविरुद्धको शृङ्खला र आगामी एसियाली खेलकुद (एसियन गेम्स)

नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम

बाँके– भूमि प्रशासन कार्यालय नेपालगन्ज बाँकेले ‘जेनजी’ प्रदर्शनका क्रममा जलेर

मेसी र कासेमिरोको गोलमा इन्टर मियामी च्याम्पियन, क्रुज अजुल २-० ले पराजित

काठमाडौँ – इन्टर मियामीले मेक्सिकन क्लब क्रुज अजुललाई २-० ले

बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँ : मुख्यमन्त्री शाही

कर्णाली– कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले बेरुजु घटाउन र